सौराह क्षेत्रका होटलहरु नियमित शेवामा

November 4, 2017   Filed under ब्लग / बिचार >>>> Please Subscribe our Youtube Channel

२०७४ साउन २८ गते सौराहका सम्पूर्ण होटल ब्यबसायी ले कल्पनै नगरेको बाढी बस्ती पस्यो । राप्ती नदीको बाँध नाघेर बाढी बस्ती तिर पसेपछि शेवामा रहेका होटलवालाहरु छक्क पर्न थाले । पहिला पानी धेरै बढ्दैन होला भनेर सामान्यरुपमा लिए । तर जति समय बित्दै जान्थ्यो उनीहरु आत्तिदै जाने क्रम बढ्दै गयो । बाढी गाउँ बस्ती छिरेर घर होटलको भुई तल्ला भरिए पछि ब्यबसायीहरु आत्तिनु पनी स्वभाबिक नै थियो ।

कल्पनै समेत नगरेको कुरा भए पछि ब्यबसायीहरुले आफ्ना होटलका पाहुनालाई सुरक्षित स्थानमा स्तान्तरण गराउनुका साथै भ्याए सम्मका भुई तल्लाका कोठाका सामानहरु माथिल्लो तल्लामा सारे । तर भुई तल्ला पूरै पानीले भरिए पछि पार्किंगमा राखेका गाडी,मोटर साईकलहरु भने पानीले छोपिए ।

राप्ती, कयरखोला, लदरी, पम्फाखोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्रमा डुबानमा परेका थिए । आफ्नो होटलका भुई तल्लाका सामान सबै भिजेपछि केही ब्यापारीहरु बिलखबन्नमा परेका थिए ।

पानीमा रहने जनावरहरु बाढी संगै कती बगाए भने पानी संगै बस्ती छिर्लान भन्ने त्रासले स्थानियलाई सताउन छोडेन । पानीको बहाव घट्न ५-९ दिन लाग्यो । जब पानी घट्यो तब आफ्नो होटलको भई तल्लाको अबस्था देखेर धेरै ब्यबसायी निराश भए । कुनै ओढ्ने ओछ्याउने काम लाग्ने थिएनन् । सबै पानीले भिजेको थियो । तर पनी ब्यबसायीहरुले हिम्मत हारेनन् र महिना दिन भित्रै आफ्नै होटलका सबै शेवालाई सुचारु गराएका छन् ।

सौराहका होटलहरुको तल्लो तल्लाका भित्ताहरुलाई रंगाईएको छ । कोठाका भित्ताहरुमा र भुईमा टायल्सहरु राखिएका छन् । पानीले बिगारेका फर्निचरहरु केही बनाइ सकिएको छ भने केही बनाउन लगिएको छ । हुन त यो समय बाह्य पर्यटकहरु त्यति धेरै आउने समय नभएता पनी शेवा निरन्तरता दिनका लागी आफूहरु तयार रहेको ब्यबसायीरहरु बताउछन् ।

बाढीले बगाएर लगेको गैडाहरु पनी भारतले नेपाललाई फिर्ता गरेको छ । केही अझै हराईरहेका होलान् एक्किन साथ भन्न सकिन्न एक गाइड बताउछन् । खोलाको बाढी जंगल तिर पस्दा बाढीले बन्यजन्तु लाई पनी निकै बगाएको र सरकार एबमं बन इकाइ संग एक्किन आंकणा नभएको एक गाडइ बताउछन् ।

तर जे होस् बाढीले तहसनहस बनाएको सौराहको होटल ब्यबसाय फेरी बिस्तारै आफ्नै धारमा फर्किएको छ । आन्तिरक पर्यटनको बिकास र प्रबद्धनका लागी पनी केही प्याकेजहरु सोच्ने ब्यबसायीहरु बताउछन् ।

सन्तोष भट्टराई, सौराह ।