बुटवलमा जारी दोस्रो राष्ट्रिय औधोगिक प्रदर्शनी सम्पन्न

November 5, 2017   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

रुद्रहरी कुवँर, बुटवल ।

बुटवलमा जारी दोश्रो राष्टि्य औद्योगिक प्रदर्शनी, कृषी व्यापार तथा पर्यटन प्रवर्द्धन २०७४ आईतवार समापन गरिएको छ ।

नेपाल राष्टि्य उद्योग व्यापार संगठन बुटवल रुपन्देहीका अध्यक्ष एवं प्रदर्शनी मुल आयोजक समितिका संयोजक खेमबहादुर श्रीसले अपेक्षाकृत रुपमा कारोवार भएको र दर्शकको उपस्थिती रहेको जानकारी दिए ।

समापन कार्यक्रमममा पुर्व अर्थमन्त्रि एवं नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद पौडेलले प्रतिनिधी सभा र प्रत्येक सभाको निर्वाचनपछि ५ वर्षसम्म स्थिर सरकार बन्ने त्यसले आर्थिक विकासको रेखा कोर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल राष्टि्य उद्योग व्यापार संगठन काठमाडौका अध्यक्ष श्याम पाठकले औद्योगिक विकासको लागि राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद बन्जाडेले उद्योग कलकारखानाको विकास विना मुलुकको आर्थिक विकास हुन नसक्ने बताउदै प्रत्येक नागरिक उत्पादनसंग जोडिए मात्र मुलुकको विकास हुने बताए । उनले राजनितीक रुपमा मुलुकले फड्को मारेको अव आर्थिक विकासले फड्को मार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डे, जिल्ला समन्वय समिति रुपन्देहीकाका सभापति एकराज विश्वकर्मा , बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख गोमादेवी आचार्य, नेपाल राष्टि्य उद्योग उद्योग व्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष खिमनारायण पराजुली, अध्यक्ष खेमवहादुर श्रीस, उपाध्यक्ष गोविन्द गैरे, महासचिव सिताराम रर्साईली लगायतले औद्योगिक प्रदर्शनीले राष्टिय उत्पादनको प्रवर्द्धन भएको बताए ।

कार्यक्रममा सिङगिङ आईलड संगित पौडेल र फस्ट रनरअप सुरज खातीलाई पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी विज्ञान प्रदर्शनीमा प्रथमहुने तिनाउ इंगलिस वोडिङ स्कुल, दोश्रो हुने एभरेष्ट वोर्डिङ स्कुल, तेश्रो हुने अक्सफोर्ट वोडिङ स्कुल र सान्तवना हुने प्यारामाउण्ट स्कुलका विद्यार्थीहरुलाई नगद सहित पुरस्कारले सम्मान गरिएको थियो । प्रदर्शनीमा सहयोग गर्ने संघ संस्था प्रायोजकहरुलाई कदर पत्रले सम्मान गरिएको थियो ।

सोही अवसरमा खुल्ला भलिवल प्रतियोगितामा विजेता तथा उपविजेता र तेश्रो स्थान हासिल गर्नेलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा प्रथम आधिखोला स्पोर्ट क्वल हङकङ, दोश्रो इसेवा समाज रपन्देही, तेश्रो वेभ गोर्खा युथ क्वल बुटवल भएका छन ।