तिन दिने काठमाण्डौ सिन्धुली साइकल यात्रा सम्पन्न

November 14, 2017   Filed under ब्लग / बिचार >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई ।

अंग्रेज फौजलाई हराएको २५० बर्ष मनाउन काठमाण्डौ बाट साइकलेहरुको लस्कर काठमाण्डौ बाट सिन्धुली पुगेर समाप्त भएको छ । गत बिहिबार बिहानै उपराष्ट्रपति ले झण्डा हल्लाएर बिदा गरेका साइकलेहरुलाई दोस्रो दिन सिन्धुली बिजयोत्सब समारोह स्थल सिन्धुलीगढी मा राष्ट्रपति बिधा देबी भण्डारीले बिजत्सोबको झण्डोत्तलोन पछि भब्य स्वागत गरिएको थियो । दोस्रो दिन को गढीको कार्यक्रम पछि काठमाण्डौबाट गएका साईकलेहरु गढीबाट ओरालो लागी सिन्धुलीमाढीमा एक रात बिताउन पुगेका थिए ।

तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा कात्तिक २४ गते मनाइने विजयोत्सवमा सहभागी हुन साइकल यात्रीको टोली कार्तिक २३ गते बिहान ९ बजे त्यस तर्फ हिडेका थिए । उपराष्ट्रपति द्वारा उद्धाघटन गरिएको उक्त कार्यक्रममा साइकल यात्राको रुट,सुरक्षा र अपनाउनु पर्ने साबधानीका बारेमा साइकलेहरुलाई यात्राका साइकलटोली प्रमुख देब्रेन्द्र बस्नेतले जानकारी गराएका थिए । पुष्कर शाहको १०१ नम्बरको साइकल ले बाटो पैल्याउन शुरु गरे पछि साइकल यात्रा शुरु भएको थियो । ११ जना महिला टोली, ३ जना बिदेशी जसमा १२ बर्षको एक बालक सहित ११३ जना साइकलेहरुको सहभागीता रहेको थियो । काठमाण्डौको तिनकुने बाट शुरु भएको उक्त साइकलर्यालीलाई भक्तपुर,बनेपा नगरपालिका,धुलिखेलमा धिमेबाजा सहित स्वागत गर्दै नगर परिक्रमा, धुलिखेलमै नेपाली शेना द्वारा जुस,पानी बितरण गरी स्वागत गरिएको थियो । पहिलो दिनको यात्रा खुर्कोट सम्म रहेको थियो । काठमाण्डौबाट शुरु भएको साइकल यात्रा को पहिलो दिन खुर्कोटमा बास बस्न पुग्दा अन्तिम साइकले ले साँझको ७ः३० बजाएका थिए । राती खुर्कोट पुगेर सबै साइकलेहरुले दिन भरीको थकान मेटाउन नाँच गान गरी रमाईलो गरेका थिए ।

भोली पल्ट बिहान कात्तिक २४ गते बिहानै सबै साइकलेहरु ६ः३० मा भेला भई बिजयोत्सबको मुख्य कार्यक्रमका लागी सिन्धुलीगढी तर्फ जाँन आफ्नो आफ्नो साइकलको अबस्था निरिक्षण गर्दै थिए । स्थानिय ब्यापारीहरु पनी हौसिएका थिए कारण साइकलेहरु र कार्यक्रमका अफिसियलहरु को उपस्थिति एकै पटक खुर्कोटमा हुँदा र १६ घण्टा भन्दा बढी बिताउदा उनीहरुको ब्यापार पनी बढेको थियो । बिहान तयार भई साइकलेहरु ७ः१५ बजे सिन्धुलीगढी का निम्ति प्रस्थान गरेका थिए ।

समृद्ध सिन्धुली अभियानले हरेक बर्ष विजयोत्सवका अवसरमा राइड टु सिन्धुलीगढी साइकल यात्रा गर्दै आएको छ । यस बर्षको कार्यक्रम अझै बिशेष हुनुको कारण नेपाली बहादुर सिपाहीहरुले अंग्रेज शेनालाई लखेटोको २५० बर्ष पुगेको अबसरमा मुख्य कार्यक्रमका लागी राष्ट्रपतिको उस्थिती रहेको थियो । नागबेली सडकहरु पार गर्दै खुर्कोट बाट निस्किएका साइकलेहरुले तोकिएको समय ११ बजे खनियाखर्कमा जुनारको जुसको मज्जा लिन पुगे पनी निर्धारित समय भन्दा २ घण्टा पछि मात्र मञ्चको कार्यक्रम शुरु भएको थियो । दोस्रो दिनको साइकल यात्रा उकालोनै उकालो बाट पार गर्न पर्ने थियो । साइकलेहरुले सबैले समयमा नै आफूहरुले साइकल यात्रा सकेर २ घण्टा भिभीआइपीको कार्यक्रमको लागी कुर्नु पर्दा चाहि नमिठो अनुभव बटुलेको बताउथे । राष्ट्रपतिको हेलि मार्फत सवारी पछि सिन्धुलीगढीमा रहेको झण्डोत्तोलन पश्च्यात औपचारिक कार्यक्रम १ः१५ बजे तिर शुरु भएको थियो । स्टेजको कार्यक्रम मा समृद्ध सिन्धुली अभियानलाई राष्ट्रपतिद्वारा सम्मानित गरिएको थियो भने अभियानका तर्फबाट संयोजक लिला नाथ घिमिरेले सम्मानपत्र ग्रहण गर्नु भएको थियो । समृद्ध सिन्धुली अभियानले सिन्धुलीको समग्र विकासमा स्वसंसेवी सस्थाका रुपमा सघाउँदै आएको छ । सिन्धुलीमा जन्मे हुर्केर काठमाडौंलाई कर्मथलो बनाउँदै आएका ब्यक्तिले सुरुमा खुल्ला संजालका रुपमा स्थापना गरेको यस संस्थाले सिन्धुलीमा लगानीसम्बन्धी छलफल, नक्सांकनबारे कार्यशाला, मल्टिमिडिया स्टोरी टेलिङ ट्रेनिङ, होमस्टे तालिमलगायतका कार्यक्रम गरिसकेको छ । दोस्रो दिनको खाना सिन्धुलीगढीमा नै खाएर साइकलेहरु करिब २ः४५ बजे सिन्धुलीमाढी तर्फ ओर्लिएका थिए । ओरालो नागबेली बाटोमा रमाउदै गुडेका साइकलेहरुलाई हेर्दा जो कोही पनी दंग परेका देखिन्थे ।
काठमाण्डौ बाट झण्डै १५३ किलोमिटरको यात्रा पुरा गर्न हौसिएका साइकलेहरुलाई सिन्धुलीमाढी उधोग बाणिज्य संघले दोस्रो दिन साँझ बिबिध सांस्कृतिक कार्यक्रम सहित सिन्धुलीमाढीमा स्वागत गरेको थियो । सांस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुले प्रस्तुती प्रस्तुत गरेका थिए । सिन्धुलीमाढीका कलाकारहरुले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा दुई दिनको थकान मेटाउदै कम्मर मर्काई मर्काई नाँचेका थिए साइकलयात्रीहरु । नाँच गान सहितको कार्यक्रम समापन पछि दोस्रो दिनको कार्यकम्रम समापन गरिएको थिए ।

तेस्रो दिनको कार्यक्रम भनेको कार्तिक २५ गते शनिबार रहेको थियो । शनिबार बिहानै काठमाण्डौबाट गएका साइकलयात्रीहरुले सिन्धुलीमाढीमा रक्तमाला मन्दिर र स्थानीय कलाकार विश्वम्भर लामिछानेले जर्वुट्टाबाट बनाउनु भएको कलाकृतिहरुको संग्रहालय अबलोकन गरेका थिए । साइकलयात्रीहरुको ताँती आफ्नो घरको बाटो बाट यात्रा गरेको देख्दा स्थानिय बृद्ध, बाल बच्चाहरुले हौसिएर स्वबिबेकले स्वागत गरेका थिए । यसरी साइकल गाऊ गाउ जाँदा स्थानियमा साइकल यात्रा प्रति सकारात्मक सोच बढोस् र साइकल प्रयोग बढाउन सकियोस् भन्ने आफूहरुको चाहना रहेको साइकलयात्रीहरुको टोली नेता देबेन्द्र बस्नेत बताउथे ।

अत्यन्तै ब्यबस्थित र तालिका अनुसार कार्य गर्ने अनुभवी समूहरुद्वारा आयोजना गरिएको यस्ता साइकल र्याली कार्यक्रममा सहभागीहुन आफू पोखरा बाट आएको बताउदै थिए एक साइकलचालक । आफूहरुले स्वास्थ्य, बिमा र खाना बस्न को ब्यबस्थामा कुनै कमी नराखेको बताउछन् कार्यक्रम संयोजक सौरभ ढकाल । दिनभरीको थकान र नागबेली उकाली ओराली पार गर्दै रमाउने साइकलेहरुको ब्यस्थित बासस्थान र मनोरञ्जन आफूहरुको पहिलो दायित्व सम्झन्छन् अर्का कार्यक्रम आयोजक मध्येका एक भुवन थापा । काठमाण्डौ बाट ११३ जनाको साइकलटोली, पत्रकार, अफिसियल्स र साइकलचालकहरु को सडकमा सुरक्षा ब्यबस्था मिलाउनु चानचुने कुरा होइन तर सबै सकरात्मक टिमका कारण सफल भएको बताउछन् कार्यक्रम अयोजक एबमं पत्रकार दिपक श्रेष्ठ ।

बिभिन्न आयोजकहरुले साइकल -र्याली आयोजना गर्ने गरेको भएता पनी स्टोरी साइकल र समृद्ध सिन्धुली अभियानले आयोजना गर्ने साइक -्याली अनुशासित र ब्यबस्थित हुने गरेकोले आफूले दोस्रो पटक पनी सहभागीता जनाएको बताउदै थिए -यालीमा सहभागी एक साइकले । नागबेली सडक र समुहका कारण उकालो कटेको पत्तै पाइन्न आफूले दुबै पटक अबिष्मरणिय पल बिताएको बताउदै यो समूहले आयोजना गरेमा आर्को बर्ष पनी सहभागीता जनाउन अहिल्यै नाम टिपाउने बताउछन् ।

तेस्रो दिनको बिहानको स्वागत कार्यक्रम सकेर साइकल यात्रालाई सिन्धुलीमाढीमा रहेको प्रदर्शनी मैदानमा आएर साइकलयात्रालाई बिश्राम दिइएको थियो । साइकलयात्रुहरुको साइकलमा कुनै क्षति बिना काठमाण्डौ ल्याई पुर्याई हसतान्तरण गर्नु पर्ने आफूहरुको दायित्व भित्र पर्ने भएकोले महंगो साइकललाई फोम ले र्याप गरी ट्रक र बसमा ल्याइएको संयोजक सौरभ ढकाल बताउछन् । साइकलहरुलाई आयोजकहरुले ट्रक र बसमा लोडगरेर ल्याएर काठमाण्डौको तिनकुनेमा रहेको खुला मैदानमा ल्याइपुर्याइ सबैलाई जिम्मा लगाइ यस बर्षको साइकल र्याली सम्पन्न गरेको थियो ।