काठमाण्डौ सिन्धुलीगढी साइकलयात्रा र स्थानिय ब्यापार, आन्तरिक पर्यटन

November 15, 2017   Filed under ब्लग / बिचार >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, काठमाण्डौ ।

स्टोरी साइकल र समृद्ध सिन्धुली अभियान समूहले आयोजना गरेको काठमाण्डौ-सिन्धुलीगढी-सिन्धुलीमाढी सम्मको १५३ किलोमिटर साइकल यात्रामा यो पटक एउटा रमाईलो अनुभुति भयो । साइकलमा २ दिन भित्र १५३ किलोमिटर त्यो पनी बिपि राजमार्ग, नागबेली सडक, सुनकोशी, अनि यात्रामा पुरुषहरुको मात्र नभएर ११ जना जति महिला सहित १२ बर्षे बिदेशी साइकलचालक समेत । कार्तिक २३ गते बिहान उपराष्ट्रपति द्वारा तिनकुनेमा रहेको रोयल ब्यांङ्क्ववेटमा उद्घाटन समारोहमा पुगेर ११३ जनाको साइकल देख्दा अचम्म नै लाग्यो । लामो बाटो साइकल यात्रा तय गर्न उत्साहित बनेका चालकहरु संगको चिनापर्ची पछि शुरु भएको यात्राका क्रममा साइकलचालक र समुहहरु बिभिन्न ठाउँमा रोकिन्थे । बिभिन्न स्थानमा स्वागत गर्न बसेका समूह बाहेक यात्रामा रहेका साइकलेहरुले बाटोमा रहेका पसलहरुमा आफूहरुलाई चाहिएको सामाग्री किन्दै जान्थे ।

धुलिखेल पछि बिग्रेको बाटोको परबाह नगरी साइकलेहरु आफ्नो गन्तब्यलाई पश्चयाउदै जाँदा सडकका आसपासमा रहेका र उभिएका नागरिकहरु पनी हौसिएर साइकलेहरुलाई हात हल्लाउन पुग्थे । पानी खाने ठाँउमा साइकलेहरु पुग्दा अन्य पसलहरुमा उनीहरु आफ्ना आबस्यकता अनुसार सामाग्री किन्थे रमाउथे र स्थानिय पसलहरुको ब्यापार पनी बढ्थ्यो । हामी पहिलो दिन खुर्कोट पुग्दा खुर्कोटका होटलहरु सबै भरिएका थिए । खुर्कोटमा बास बस्ने गरी आएका अन्य अतिथीहरुलाई सुताउन होट्ल ब्यबसायीहरुसंग रुम थिएनन् र बाध्य भएर ग्राहकहरुलाई भन्थे होटल त प्याक छ । सधै सोही बाटो भएर हिड्ने र गुड्ने ग्राहक पनी छक्क पर्थे लौन कसरी यस्तो भयो खुर्कोटका सबै होटल प्याक ? के साइकल -यालीलाई मनोरञ्जन संग मात्र दाँज्न मिल्यो र ? साइकले पनी पर्यटक थिए खुर्कोटमा कोही पहिलो पटक आएको भन्थे भने कोही चाहि अघिल्लो बर्ष आएको थिए अहिले आए । आयोजकले त एक छाक र एक रात सुत्ने ब्यबस्था मात्र गरेको थियो । तर साइकले र साइकले संग आएका अफिसियलस् हरुको कारण खुर्कोटको ब्यापार ह्वात्तै बढेको थियो । पेय पदार्थ देखी खाने कुरा सम्म उनीहरुले नसोचेको खपत भएको थियो । एक रात नै सहि तर एक रात खुर्कोटको बास तय गर्ने काठमाण्डौ-सिन्धुलीगढी-माढी आयोजकका कारण ब्यापार बढेको थियो आन्तरिक पर्यटन बिकाशमा टेवा पुगेको थियो ।

बि.पि हाइवे भएर अनगिन्ती गाडीहरु गुढ्छन् होला तर साइकले र समूहले गरेको खर्च र ब्यापार तालिका बाहिरको थियो । खुर्कोट बाट खनियाखर्क को उकालोलमा डालोमा राखेर जुनार बेच्नेहरु भन्दै थिए एक्कासी साइकलेहरु आएर जुनार साँधेको खान थाले । डालो त बिहानै सक्कियो थाहा पाएको भए अलिक अरु डालो ल्याइन्थ्यो नि । ब्यापारीले यसो भनी रहँदा साइकल -्यालीका संयोज सौरभ ढकाल भन्दै म संग हौसिदै भन्दै थिए दाइ यहि नै हो आन्तरिक पर्यटनको बिकास , स्थानिय साझेदारीको एक सफल उदाहरण हामीले बर्षमा एक पटक ल्याउछौ साइकल समूहलाई यसरी नै नेपाल सरकार र पर्यटन बोर्ड ले बिदेशी मात्र नभएर स्बदेशी पर्यटक मात्र बढाउन सके पनी त्यसै सफल होइन्थ्यो । कुरामा कुरा मिलाउदै संमृद्ध सिन्धुलीका संयोजक लिला नाथ घिमिरे थप्दै थिए हिजो खुर्कोटका होटलहरु प्याक आजको सरप्राइज सिन्धुलीमाढीका होटलहरु र ब्यायापरीहरु हुन्छन् । नभन्दै बेलुका सिन्धुली उधोग बाणिज्य संघले आयोजना गरेको सांगीतिक सांस्कृतिक कार्यक्रममा साइकलेहरुको उपस्थितीले प्रदर्शनीस्थलमा रहेको पसलको सामाग्री रित्तिएको थियो । यसरी बिक्रि होला भनेर आंकडानै राख्न सकिएन, पहिलो पटक माढीसम्म आउनु भएको हो उहाँहरु भन्दै आर्को बर्ष अझै प्लान गर्ने बताउँदै थिए ब्यापारी ।

हो हाम्रो भित्र बाटै पर्यटनको बिकास गर्न सकिन्छ। पर्यटन कारोबार गरेर बसेकाले बिदेशी पर्यटकको मात्र भर पर्नु पर्ने अबस्था छै । उद्देश्य जे सुकै राखेर साइकलयात्रा को आयोजना गरिएता पनी यस -यालीले आन्तरिक पर्यटन बिकासमा पनी ठूलो टेवा पुर्याएको छ भन्दा फरक नपर्ला । यस्ता कार्यक्रमहरुलाई सरकाले आफ्नो बार्षिक योजनामा पार्नु पर्ने छ । सम्बन्धित निकायको ध्यान जाओस् ।