मतदाता सचेत बनाउन आग्रह

November 15, 2017   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

बिनोद परियार, रुपन्देही।

आगामि मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मत सदर गराउने अभियानमा सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देही र जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको समन्वयमा मंगलबार बुटवलमा भएको निर्वाचन र सञ्चार बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रमा जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले ३ वटा मतपेटिका चार ठाउँमा स्विष्तिक चिन्ह हानेर मत खसाल्न आग्रह गर्नुभयो ।

उहाँले प्रतिनिधिको हरियो, प्रदेशको कालो स्टिकर टाँसेको मतपत्र हुने र उस्तै स्टिकर टाँसेको मतपेटिकामा भोट खसाल्नुपर्ने बताउनुभयो । उहाँले समानुपातिकका लागि रातो मतपत्र हुने जनाउँदै प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि दर्ुइ वटा भोट एउटै मतपेटिकामार्फ दिनुपर्ने भएकाले मतदातालाई होसियारीसाथ मतदान गर्न अपिल गर्नुभयो ।

उहाँले समयम छोटो भएकाले यस्तो बेलामा सञ्चारमाध्यमले सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघका पर्ूव अध्यक्ष डिआर घिमिरेले निर्वाचनका बेलामा सञ्चारमाध्यमको भूमिका मतदातालाई सचेत गराउँदै सबैको विचारलाई स्थान दिनुपर्ने बताउनुभयो । कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष योनेन्द्र जिसीको अध्यक्षता, उपाध्यक्ष दिनेश पाण्डेको स्वागत तथा सहसचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।