संयुक्त बाम गठबन्धन को क्षेत्र न १ प्रदेशसभा २ को क्षेत्रिय कार्यालय उद्घाटन

November 14, 2017   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

रेडियो लुम्बिनी, रुपन्देही ।

नेकपा एमाले तथा नेकपा माओबादि केन्द्रको संयुक्त गठबन्धन को क्षेत्र न १ प्रदेश सभा २ को क्षेत्रिय कार्यालय तिलोत्तमा नगरपालिकाको कोटिहवामा उद्घाटन गरिएको छ ।

नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार प्रत्याशी छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यतामा क्षेत्र न १ प्रदेश सभा २ को कोटिहवा स्थित क्षेत्रिय कार्यालयको उद्घाटन गर्दै उम्मेदवार बिश्वकर्माले कथित समाजबादको नारा लगाउने कांग्रेसले पैसा र लोभ लालचको भरमा मत किन्न नसक्ने जिकिर गरे । उहाले बाम गठबन्धनलाई देशको कुनै पनि शक्तिले परास्त गर्न नसक्ने ठोकुवा गर्नुभयो । आफ्नै सम्बोधनमा कार्यालयको उद्घाटन गर्दै उहाले स्थानिय चुनाबको नतिजा जोड्दा बाम गठबन्धनहरु बिजयी भैसकेको र अब २१ गते त्यसको लिखित प्रतिबेदन मात्र आउनेमा ढुक्कहुन आफ्ना कार्यकर्ता , शुभेच्छुकहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै उहाले अबको मङ्सिर २१ मा हुने चुनाबमा जनताले दुइतिहाइ मत दिएर संबिधान कार्यान्बयन हुन नदिने तत्वहरुलाई परास्त गर्ने कुरा बताउनुभयो। आफुहरु संघियता ,गणतन्त्र ,लोकतन्त्रका निम्ति धेरै लडाइ गरेकोमा अब जनताले अन्तिम लडाइमा जित हासिल गर्न बाम गठबन्धनलाई बहुमत दिनुपर्ने औल्याउनुभयो ।

उहाले हाल भैरहेको बामएकताको उम्मेदवार पाउनु जनताको लागि अहोभाग्य भएकाले नहड्बढाइकन आफ्नो मत हाल्न आग्रह गर्नुभयो । पछिल्लो समय निर्बाचन आयोगले राखेका निर्बाचन आचारसंहिताको आफुहरुले पुर्ण पालना गर्न प्रतिबद्द रहेको भन्दै आचारसंहिता उल्लङ्घन गरेर पैसा ,डर धम्कि र लोभ लालचमा नफस्न र त्यस्ता कु-कार्य गर्नेहरुलाई पराजयको स्वाद चखाउन उहाले आग्रह गर्नु भयो ।

देशमा बढ्दै गएको गरिबी ,बेरोजगारी, हिँसा,आतंक ,र स्थानिय तहको बिकाशमा बाधा पुर्याउने कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभाको चुनावबाट पाखा लाग्नेमा आफुहरु ढुक्क रहेको उहाको जिकिर छ । क्षेत्र न १ का विभिन्न पर्यटकिय क्षेत्र ,सुखौरा खोला देखि रोहिणी नदि सम्मको नदि कटान तथा समग्र लुम्बिनीसंग जोडिएको गुरु योजनामा आफु केन्द्रित रहेकोले यहाको समस्या, सिचाई ,युवा स्वरोजगार,दक्ष जनशक्ति उत्पादन ,बनको संरक्षण,उत्तर दलदले देखि दक्षिण दशगजा सम्मको बिकाशमा अगाडि बढ्न बाम गठबन्धनलाई मत दिनुपर्नेमा जोड दिनुभयो ।

सोहि अवसरमा बोल्दै कार्यक्रमका बिशिस्ठ अतिथि तथा नेकपा माओबादि केन्द्रका पोलिटब्युरो सदस्य तथा क्षेत्र न १ प्रदेश सभा २ का उम्मेदवार दधिराम शर्मा न्यौपानेले युवा बेरोजगार हटाउन र स्वोरोजगार बढाउन तथा बेरोजगार भत्ताको ब्यबस्था गर्न आफुहरु सधै अगाडि बढ्ने कुरा बताउनुभयो। त्यस्तै उहाले बाम गठबन्धन मात्र होइन, कांग्रेसलाइ पराजित गर्न रुपन्देहीका सबै क्षेत्रमा मात्र नभएर देशैभरि सबै लोकतन्त्र बादी ,गणतन्त्रबादी स-साना दल देखि सबै पार्टीहरुलाई यो एतिहासिक घडिमा समाबेश हुन आग्रह गर्नुभयो।

सो क्षेत्रिय कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमालेकी समानुपातिक उम्मेदवार सरिता श्रीसले अबको समय युवाहरुको नेतृत्व को समय भएकोले कुन पार्टी भन्दा पनि कुन युवा भनेर युवाहरु एकजुट भै लाग्नुपर्ने बताउनुभयो। उहाले अबको समय बामपन्थी जितको समय भएकोले लोभ लालच र क्षणिक स्वार्थका निम्ति युवाहरुले आफ्नो मत खेर नफाली बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । सो अवसरमा नेकपा माओबादिका नगर अध्यक्ष लक्ष्मण खनाल ,ऋषिराम सापकोटा ,नगर उपप्रमुख जागेस्वारी चौधरी लगायतले बोल्दै सम्पूर्ण पार्टिका कार्यकर्ता एक भैसकेकाले स-साना कुरा र बिगतलाइ नहेरी अबको नया एकत्रित शक्तिको लागि योगदान गरि बाम गठबन्धनलाई बिजयी गराउनुहुन आफ्ना सबै कार्यकर्ता तथा शुभेच्छुकलाई अनुरोध गरेका थिए । निर्बाचन कमिटि क्षेत्र न १ र २ का संयोजक यज्ञ गैरे को अध्यक्षता तथा निर्बाचन कमिटिका सह संयोजक हेमन्त पाण्डे को स्वागत भाषण बाट शुरु सभालाई पार्टीका नेता सुरेन्द्र श्री ले संचालन गर्नु भएको थियो ।