प्रधानमन्त्री देउवाद्धारा नेपालगञ्जमा कार्यकर्ताभेलालाई सम्बोधन

November 14, 2017   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताएका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार नेपालगञ्जमा आयोजित नेपाली कांग्रेसका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

“नेपाली कांग्रेसबाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन” प्रधानमन्त्री देउवाले भने “नेपाली कांग्रेसले हार्दा प्रजातन्त्र हार्छ , त्यसैले यो चुनाव जित्न आवश्यक छ ।”

प्रधानमन्त्री देउवाले अहिलेको अवस्था चिन्ताजनक भएको पनि उल्लेख गर्दै ,“तपाईहरु ढुक्क भएर नबस्नुहोला, यो चुनाव कुनैपनि हालतमा जित्नुपर्छ भन्ने ढंगले परिचालित हुनुहोला । ”

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसले स्थापनाकालदेखि नै अधिनायकवादलाई परास्त गर्दै आएको उल्लेख गर्दै भन्नुभयो,“२००७ सालको जनक्रान्तिले राणा शासन फाल्यौ, २०४६ सालको आन्दोलनले पञ्चायत फाल्यौ, २०६२÷६३ को आन्दोलनले अधिनायकबादी राजतन्त्र फालेर लोकतन्त्र ल्याएको हो , जनताको अधिकारकालागि लड्ने पार्टी कांग्रेस बाहेक अर्को छैन ।”