परिवर्तनको संवाहक नेपाली कांग्रेसलाई मतदान गर्न नेता सिटौलाको अनुरोध

November 21, 2017   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा संघीय संसद झापा क्षेत्र नम्वर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीलाई मतदान नगर्न मतदातासित आग्रह गर्नुभएको छ ।

चुनावी अभियान अन्र्तगत भद्रपुरको भानुचौकमा आयोजित टोल सभालाई सम्बोधन गर्दै नेता सिटौलाले गणतन्त्रका सपूत सुरज विश्वास र राजन गिरीको रगत सुकी नसकेको अवस्थामा परिवर्तन विरोधी भूमिकामा रहेका राप्रपाका उम्मेद्वारलाई मत नदिन अनुरोध गर्नु भएको हो ।

एमाले र माओवादी केन्द्रका जागरुक कार्यकर्ताले संस्थागत भइ नसकेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफ्नो उम्मेद्वार नरहेको अवस्थामा सहयात्री दल नेपाली काँग्रेसको उम्मेद्वारलाई मतदान गरी परिवर्तनको रक्षामा लाग्नु पर्ने भन्दै नेता सिटौलाले परिवर्तन विरोधीलाई पाखा लगाउन आग्रह गर्नुभयो ।

हिजो पञ्चायत कालमा काँग्रेस र कम्युनिष्टलाई राष्ट्रघाती भन्दै भाला र खुकुरी हानेर परिवर्तनको बेग रोक्ने भूमिका खेलेका उम्मेद्वारलाई मतदान नगर्न उहाँले अपील गर्नुभयो । परिवर्तनको जनलहर रोकेर परिवर्तन विरोधी पक्षमा लगाइए सहिदको अपमान हुने भन्दै नेता सिटौलाले परिवर्तनका पक्षधर मतदातालाई नेपाली काँग्रेसका उम्मेद्वारलाई मतदान गर्न अनुरोध गर्नुभयो ।