हरित क्रान्तिबाटै आर्थिक क्रान्ति – कृषि विकास राज्यमन्त्री सरिता प्रसाई

November 21, 2017   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले नेपाली कांग्रेसको अबको लक्ष्य आर्थिक क्रान्ति भएको र कृषिको हरित क्रान्तिबाट त्यसको थालनी गरिने झापामा आयोजित एक कार्यक्रममा बताउनु भएको छ ।

कृषि राज्यमन्त्री तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य सरिता प्रसाईं को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य उमेद्वार देउमान थेबे , प्रदेस सभा सदस्य उमेदवार उतम सुवेदी, नगर सभापति नेत्र चिमरिया , वाड ३ अध्यक्ष रुद्र चिमरियाले आर्थिक विकासको लागि नेपाली कांग्रेसलाई मत दिन आग्रह गर्नुभएको थियो ।

सभालाई सम्बोधन गर्दै क्षेत्र नम्वर ४ का प्रतिनिधि सभाका उम्मेदवार देउमान थेबेले कन्काइ को मुहार फेर्न झापा—सुरुङ्ग—दानाबारी—इलाम—कन्चन्जङ्ग्गा सडक निर्माण गराउने र यस क्षेत्रलाई पूर्वाधार र सामाजिक विकासले परिपूर्ण बनाउने दावी गर्नुभयो ।

सभामा बोल्दै प्रदेश सभा सदस्यका उम्मेद्वार उत्तम सुवेदीले सो क्षेत्रको विकास निर्माण र जनताको आवश्यकत एवम् आकांक्षासंग आफू परिचित रहेकोले तिनलाई पुरा गर्न आफूले दिलोज्यानले लाग्ने बताउनुभयो ।

सोमबार नै कन्काइ २ स्थित दुर्गापुर बजारमा पार्टी प्रबेश तथा आमसभा को कार्यक्रम सम्पन्न भयेको छ ।

कार्यक्रममा एक सय भन्दा बढी युवाहरू कम्युनिष्ट गठबन्धन छाडेर काङ्ग्रेस प्रबेस गरेका छन । नव प्रबेशीलाई कृषि विकास राज्यमन्त्री सरिता प्रसाईं ले सदस्यता बितरण, देउमान थेबेले माला र उत्तम सुवेदीले आबिर लगाएर सम्मान गर्नुभएको थियो ।