रुपन्देहीमा नमूना मतदान, मतदाता शिक्षा सन्तोष जनक

November 20, 2017   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

राधेश्याम विश्वकर्मा, भैरहवा ।

जिल्ला निर्वाचन कार्यालयको रुपदेहीको धकधईमा नमूना मतदान प्रक्रिया सम्पन्न भएको छ ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभालाई लक्षित गरि रुपन्देहीको बिभिन्न स्थानमा नमूना मतदान गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । पूर्व निर्धारित कार्यत्रलम अनुसार नै रोहिणी गाउपालिका अर्न्तगत धकधइृमा नमूना मतदान कार्य सम्पन्न गरिएको मतदाता शिक्षा समन्वयकर्ता गोपाल प्रसाद अर्यालले बताए ।

उनले अहिले प्रतिनिधि सभा एवम प्रदेश सभा तथा सामानुपातिक तर्फमतदान गर्ने प्रक्रियाबारे मतदाताहरुलाई जानकारी दिन नमूना मतदान कार्यक्रम राखिएको बताए । निर्वाचन आयोगले सदर मतको संख्या बर्ढाई बदर मत घटाउन आयोजना गरेका मतदाता शिक्षा कार्यक्रम अर्न्तगत नै यो कार्यक्रम रहेको बताए । रुपन्देहीको शुद्धोदन गाउपालिकामा नमूना मतदान आईतबार र धकधईमा सोमबार सम्पन्न भएको तथा अन्य थप ६ स्थानमा समेत यो कार्यक्रम गरिने अर्यालले जनाए ।

नमूना मतदान प्रक्रियामा रोहिणी गाउपालिका अर्न्तगत वडा नम्बर १,२,३ र ७ का ग्रामीण मतदाताहरु सहभागी भएका थिए । गाउ गाउमा जारी रहेको मतदाता शिक्षा कार्यक्रमले गर्दा नमूना मतदानमा न्यून मत संख्या मात्र बदर देखिएकोले अहिले मतदाता शिक्षा सन्तोष जनक रुपमा सञ्चालन भई रहेको जिल्ला निर्वाचन कार्यालयका लेखा अधिकृत भाग्यवान महर्जनले बताए ।

निर्वाचनलाई लक्षित गरि अहिले रुपन्देहीमा ५ सय ९८ जना मतदाता शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम सेवकहरु खर्टाईएको महर्जनले बताए ।

नमूना मतदान कार्यक्रम पूर्ण रुपमा मतदान प्रक्रियाकै रुपमा अगाडी बढ्ने गरेको र वास्तविक मतदानमा भए जस्तै सम्पूर्ण ब्यावस्थाहरु यसमा पनि हुने गरेको निर्वाचन कार्यालयकी कमला बस्नेतले बताईन ।