रुपन्देही जिल्लाका बिभिन्न स्थानमा राष्ट्रिय जनमुक्ति पार्टीको निर्बाचन घर दैलो कार्यक्रम

November 20, 2017   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

सोनु थापामगर, बुटवल ।

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही जिल्ला अध्यक्ष एवमं क्षेत्र नं १ का प्रतिनिधी सभा सदस्यका उम्मेद्वार झम बहादुर गुरुङले शोषित, पीडित र पिछडिएका सम्पूर्ण नेपाली जनताको मुक्तिका लागि आफुले उम्मेद्वारी दिएको बताएका छन् ।

सोमबार रुपन्देहीको विकटक्षेत्र सदौनीया बजारमा आयोजना गरिएको चुनाबी सभामा बोल्दै उनले सो कुरा बताएका हुन्। अहिलेसम्म शासन गरेका दलहरुले नेपाली जनतालाई आर्थिक दमनमा पारेकाले यसको निकासका लागि एउटै मात्र विकल्प जनमुक्ति पार्टी रहेको बताए । नेपालमा कुनै पनि बस्तु उत्पादन गर्न नदिने र विदेशबाट आयात गरिने उत्पादनमा अत्यधिक कर लगाएर जनतालाई सरकारले ठगी धन्दा चलाएको आरोप समेत लगाएका छन्। भारतमा एक रुपैयाँ उत्पादन लागत पर्ने बस्तु भन्सार भएर नेपाल भित्रदा यहाँका नेपालीले सय रुपैयामा खरिद गर्नुपर्ने अबस्था रहेकाले यस्तो खालको मनोपली र भ्रष्टाचारी आर्थिक नीति र प्रवितिले देश विकास नहुने बताए ।

यसैबीच राष्टिय जनमुक्ति पार्टरी रुपन्देही क्षेत्र नं २ अर्न्तर्गत तिलोत्तमा नगर वडा नं ५ मा घरदैलो तथा भेटघाट गरेको छ । नयाँ मिल मणिग्राम लगायतका ठाउँहरुमा भेटभाट तथा चुनावी सभा गरेको पार्टी क्षेत्र नं २ इन्चार्ज दुद्ध बहादुर गुरुङले जानकारी दिएका छन् । प्रचार प्रसार पश्चात आयोजना गरेको चुनावी सभामा क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेद्वार केवी पुन, प्रदेश सभा क्षेत्र नं २ क का उम्मेद्वार छत्र दर्लामी नेताहरु कृष्ण नेपाली, हरिओम विक, केशरी गाहा लगायतले बोल्दै तुलनात्मक रुपमा जनमुक्ति पार्टीका उम्मेद्वारहरु विकास तथा राष्ट्रप्रेमी, स्वच्छ छवि र इमान्दार भएकाले जिताउन आगह गरेका छन् ।