लालमटिया मतदान केन्द्रमा ९ जना क्रियापुत्रीद्धारा मतदान

December 7, 2017   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

आदिम के.सी, लालमटिया ।

देउखुरीको एक मतदान केन्द्रमा बुवाको किरिया बसेका ९ क्रियापुत्रीले मतदान गरेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया निवासी ९ जना क्रियापुत्रीले आर्दश नमुना मतदान केन्द्रमा मतदान गरेका हुन् । केहि दिन अघि मृत्यु भएका बुवा रवीलाल न्यौपानेका छोरा बुहारीहरु चन्द्रमणी न्यौपाने, बालिकादेवी न्यौपाने, युवराज न्यौपाने, तारादेवी न्यौपाने, रणबहादुर न्यौपाने, सावित्रा न्यौपाने, लिलामणी न्यौपाने, अम्विका न्यौपाने र सुमित्रा न्यौपानेले विहिवार विहान साढे ८ बजे मतदान गरेका हुन् ।