कपिलवस्तुमा ६८ प्रतिशत मतदान, मतगणना शुक्रवार बिहानबाट

December 7, 2017   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलवस्तु ।

बिहीवार संपन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा कपिलवस्तुमा ६८ प्रतिशतको हाराहारीमा मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गत असार १४ मा भएको स्थानयि तहको निर्वाचनमा भने जिललामा ७७ प्रतिशत मतदान भएको थियो । जिल्लामा कुल ३ लाख ११ हजार ७६० मतदाता छन । २ सय ३३ मतदान स्थलको ४ सय १० केन्द्रमा मतदान गरिएको थियो । छिटफुट बिवाद बाहेक शान्तिपुर्वक निर्वाचन भएको प्रजिअ मदन भुजेलले बताए । ‘ स- साना बिवाद बाहेक निर्वाचन शान्तिपुर्वक संपन्न भएको छ ‘ उनले भने । जिल्लामा निर्वाचन शान्तिपुवृक भएकोमा मतदाता, संचारकर्मी, सुरक्षाकर्मी, कर्मचारी लगायत सबैलाई धन्यबाद दिदै उनले सबै स्थानको मत पेटिका १० देखि १२ बजे सम्म आई पुग्ने बताए । उता मतगणनको सबै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना शुक्रवार बिहान देखि सुरु हुने जिल्ला निर्वाचन कार्यालयका अधिकृत ज्ञानहरि घिमिरेले बताए । बिहीवार तौलिहवामा बिहान ७ बजे र्सवदलीय बैठक पछि मतगणना सुरु हुने उनले बताए । मतगणनाकालागि तौलिहवा स्थित बुद्धपद्म उमाबि र तालेश्वरनाथ संस्कृत माबि कायम गरिएका छन ।

क्षेत्र नम्बर १ र ३ को बुद्धपदम उमाबि र २ को तौलेश्वर नाथ संस्कृत उमाबिलाई मतगणना स्थल तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्येक क्षेत्रकालागि ४/ ४ वटा कोठामा मतणना हुने मुख्य निवौचन अधिकृत ओमकारनाथ उपाध्ययाले बताए । मतगणनकालागि कुल १६ वटा कोठामा १६ वटा सिसि टिबि जडान गरिएका छन । प्रत्येक कोठामा भईरहने मतगणनाको गतिबिधिलाई नियाल्नकालागि टिबि सहीतको एउटा छुट्टै कोठाको प्रबन्ध गरिएका छन । मतगणनका बेला दलका प्रतिनिधिलाई कोठा भित्रै डोरीको खेरा बनाई अर्को तर्फकर्मचारीहरुद्धरा मतगणना गर्राईने छन । मतपत्र च्यात्ने, ढिलासुस्ती, सुरक्षा लगायतको गतिबिधिलाइृ निलाल्न निर्वाचन आयोगको निर्देशन अनुसार सिसि टिबि जडान गरिएको उपाध्ययाले बताए । मतगणनका बेला प्रत्येक कोठामा ७ जनाले मतगणना गर्ने छन । प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष तर्फो नतिजा ४ दिन भित्र र समानुपातिकको ८ दिन भित्र उपाध्ययाले बताए ।