फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

December 19, 2017   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले मंगलबार राती १२ बजेपछि लागू हुने गरि इन्धनको भाउ बढाएको हो । नयाँ मूल्य अनुसार अब पट्रोलको मूल्य प्रतिलिटर १ सय १, डिजेल ७८ र मट्टितेल ७८ रुपैयाँ पुगेको छ ।

निगमका अनुसार नयाँ मूल्य सुचीअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ६७ पैसा र मटितेलमा १५ रुपैयाँ २७ पैसा र डिजेलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपालमा पनि बढाउनु परेको जनाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा एक एक रुपैयाँ मूल्य बढाएको हो । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने यथावत् राखेको छ ।