पौडेल हत्याकाण्डको कांग्रेस सभापती रज्जाकद्धारा भर्तसना

January 5, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

रुपन्देहीको देवदह नगरपालिका २ ढेकावार निवासी युवा व्यवसायी वसन्त पौडेल वलुको गोली हानी हत्या भएको घटनाप्रति नेपाली कांग्रेस रुपन्देहीका सभापती तथा खानेपानी राज्य मन्त्री अब्दुल रज्जाकले घोरनिन्दा र भर्तसना गर्नु भएको छ ।

एक विज्ञक्ती प्रकाशित गरि उहांले कायरता पूर्ण उक्त कार्यको जति निन्दा गरेपनि कम हुने भन्दै दोषिको तत्काल पहिचान गरि कारवाहीका लागि जोडदार माग समेत गर्नु भएको छ ।

विज्ञक्तीमा देवदहमा एक वर्ष भित्र भएका यस्ता हत्याका घटनाले सुरक्षा निकायमाथी समेत प्रश्न उठाएको भन्दै सबै खालको साधन स्रोत प्रयोग गरि हत्यारालाई कानुनी कठघरामा ल्याउन सुरक्षा निकायललाई र आवश्यक सहयोग गर्न सबैमा अपिल पनि गर्नु भएको छ ।

साथै विज्ञक्तीमा घटनावाट विक्षिप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै शोकलाई शक्तिमा वदलेर अपराधी पत्ता लगाउन सबै एक जुट हुन पनि आग्रह गरिएको छ ।