शान्ति समाज रुपन्देहीद्वारा घोर निन्दा र भ्रत्सना

January 5, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

मिना ढकाल- बुटवल।
रुपन्देहीको देवदह नगरपालिका बार्ड नम्बर २ ढेकावार निवासी बसन्त पौडेल लाई गोली प्रहार गरि हत्या गरिएको घटनाप्रति मानव अधिकार तथा शान्ति समाज, रुपन्देहीले घोर निन्दा र भ्रत्सना गरेको छ ।

मानव अधिकार तथा शान्ति रुपन्देहीले शुक्रबार एक प्रेश विज्ञप्ती जारी गर्दै पौडेललाई गोली हानि हत्या गर्ने अपराधीलाई तत्काल प्रकाउ गरी कानुनी कारवाही गर्न माग पनि जोडदार गरेको छ । काठको अर्डर गर्नुछ भन्दै आएका २ जना अज्ञात ब्यक्तिले शुक्रवार बिहान पौडेललाई आफ्नै स.मिल देवदहमा गोली प्रहार गर्दा मृत्यु भएको थियो ।

समाजका अध्यक्ष हरिश ढकाल र सचिव तेजेन्द्र के.सी.द्वारा जारी प्रेश विज्ञप्तीमा यस प्रकारका अमानविय घटनाहरु आगामी दिनमा हुन नदिन र रोक्नको लागि राज्य पक्षसँग आग्रह गरिएको छ । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय उप सभापति गोबिन्द खनालले राज्यले नागरिकको बाँच्च पाउने अधिकार संरक्षण गर्नको लागि गम्भीर बन्नुपर्ने बताएका छन ।