सशस्त्र प्रहरी र भारतीय एसएसबिद्धरा दशगजा क्षेत्रमा संयुक्त सरसफाई अभियान

January 5, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलवस्तु ।

सशस्त्र प्रहरी र भारतीय एसएसबिको संयुक्त टोलीले चाकरचौडा संगै सटेर रहेको दशगजा क्षेत्रमा सरसफाई अभियान संचालन गरेका छन ।

टोली चाकरचौडा र अलिगडवा क्षेत्रको सरसफाइ अभियानमा जुटेका हुन । ७० जना सशस्त्र, ४० जना एसएसीबी र स्थानीय गरी २ सय बढीले फोहरले ढाकिएको दशगजा क्षेत्रको फोहर पंछाएका थिए । सशस्त्र प्रहरी र एसएसबि बिच हुने नियमिति बैठको निर्णय अनुसार दशगजाको सरसफाई गरिएको सशस्त्र प्रहरी प्रहरी उपरिक्षक भगवान मल्लले बताए । एक महिना अघि कृष्णनगरमा रहेको दशगजा क्षेत्रमा समेत संयुक्त टोलीले सरसफाई गरेको थियो । एक दर्जन बढी रहेको सीमानकाहरुको बिचमा रहेको दशगजा क्षेत्रहरु फाहेर फक्याने डंपीङ र्साईटमा परिणत भएको छ । दशगजा क्षेत्रमा जथाभावी फोहर फाल्नले समस्या बढने गए पछि आफुहरुले अभियान संचालन गरेकेा प्रहरी उपरिक्षक मल्ले बताए ।

बिहान ११ बजे देखि दिउसो ढेड बजे सम्म संचालन गरिएको अभियानमा स्थानीयबासीले समेत साथ दिएका थिए । छरपष्टरुपमा रहेको प्लाष्टिकका गिलास, झोला, प्लाष्टिकका बोतल, झारपातको सफाई गरिएको थियो । फोहोरका कारण पर्यटक आवागमनमा समेत बाधा पुगेकोले सरसफाई अभियान संचालन गरिएको शसस्त्र प्रहरि उपरिक्षक भगवान मल्लले बताए ।

शसस्त्र प्रहरीको पहलमा थालेको सरसफाई अभियानले सिमा क्षेत्रमा सरसफाई अभियान संचालन गर्नु सकारात्मक भएको भन्दै स्थानीय अगुवा महेन्द्र पाठकले प्रशंसा गरे । भातरको सिर्द्धार्थनगर ४३ औ बटासलियनका कमान्डेन्ट जर्नादन प्रसादले दशगजामा भएको फोहरले दुबै देशका यात्रीहरुलाई समस्या भएकोले संयुक्तरुपमा अभियान संचालन गरिएको बताए । उनले यो अभियानलाई भारत र नेपालको नाकाहरुसंग सटेको दशगजा क्षेत्रमा समेत संचालन गरिने उनले बताए । यस एक महिना अघि देखि गरिएको सरसफाई अभियानले मर्यादपुर, हथिहहवा, भिल्मी लगायतका एक दर्जन नाकाहरुमा समेत संचालन गरिनेछन ।

आफुहरुले सीमा क्षेत्रमा संयुक्त गसती सहित सरसफाई अभियान समेत संचालन गर्ने मल्लले बताए । दसगजा क्षेत्रमा फोहोर फाल्न नपाउने कानुनी प्रावधान भएपनि नगर विकास, विस्तार तथा फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा पाएको स्थानीय गाउपालिकाले यसमा ध्यान दिएका छैन् ।