किर्ते गरि लालपुर्जा बनाएर जग्गा कब्जा गर्न खोजेको आरोप

January 5, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

हरिश ढकाल, बुटवल ।

बुटवल ११ पश्चिम मजुवा स्थित दानव नदीको छेउमा रहेको नदी उकास जग्गालाई हुकुम्बासीहरुले किर्ते गरि लालपुर्जा बनाएर कब्जा गर्न खोजेको आरोप भुमिहिन सुकुम्बासीहरुले लगाएका छन ।

गरिबी र बिपन्नताका कारण खोलामा गिट्टी कुटेर जिविकोपार्जन गरि बसेका भूमिहिन सुकुम्बासी परिवारले पश्चिम मजुवामा रहेको जग्गाको मुवाब्जा बुझिसकेका पुराना हुकुम्बासीहरुले जवरजस्ती कब्जा गर्ने प्रयत्न गरेको बताएका छन ।

उनिहरुका अनुसार २०३८ सालमा तिनाउ र दानवमा आएको बाढीले मजुवा बस्तीमा क्षति पुराएपछि तत्कालिन सरकारले क्षतिपुर्ती बापत बर्दघाटमा पुनर्वास गर्राई मुवाब्जा प्रदान गरेको बताए । भुमाफियाहरुले पटकपटक आफ्नो घरटहरा भत्काईदिने र आगो लगाईदिने गरेको बताउँदै उनिहरुले आफूहरुलाई बसोबासको व्यवस्था गर्न पनि माग गरेका छन् ।

शुक्रबार घटनास्थलमै पत्रकार सम्मेलन गरेर भूमिहिन सुकुम्बासीहरुले आफूहरुलाई बासको व्यवस्था गर्न अपिल गरेका हुन ।
पुष महिनाको कठ्याङ्गदिो जाडोमा उठिवास हुनुपर्दाको पीडा ब्यक्त गर्दै बासका लागि टहरा बनाएर बसेका बेला केहि व्यक्तिहरुले धम्की दिदै उठिबास लगाएको स्थानिय खगिसरा शर्माले बताईन ।

उनले बर्षायाममा बाढीका कारण बस्न नमिल्ले ठाँउमा हिँउद महिनामा खोलामा काम गर्नका लागि अस्थायी टहरा बनाएर बस्दा पनि आफुहरु स्थानिय भुमाफिया तथा स्थानिय हुकुम्बासीहरुले उठिबास गराएको भन्दै सहयोग गर्न अपिल गरेकी हुन । २०३८ सालमा बाढीले बगाएपछि सरकारले नवलपरासीको बर्दघाटमा जग्गा उपलब्ध गराएको अवस्थामा तिनै व्यक्तिहरुले सो जग्गा अतिक्रमण गरि भूमिहिन सुकुम्बासीलाई प्रहरीको बलमा यातना दिएको उनीहरुको आरोप छ । पश्चिम मजुवाका स्थानीय सुवाबहादुर नेपाली सहितका केहि व्यक्तिहरुले भुमिहिन सुकुम्बासीका अस्थायि छाप्रो भत्काउने, डरधम्की दिने काम गरेको भन्दै आफूहरु अन्यायमा परेको पीडित सिता सुनुवार बताएकी छन् । पत्रकार सम्मेलनमा बोल्दै सुनुवारले दिनभरी ज्याला मजदुरी गरेर पेट पाल्दै आएको बताउँदै सानो झुपडी बनाएर बसेको अवस्थामा आफूहरुलाई त्यहाँबाट लखेट्ने, पिट्ने र प्रहरीलाई बोलाएर पक्राउ गराउने काम भएको गुनासो गरिन । उनले बस्ने थलो नभएकाले नदी छेउमा गएर बसेको बताईन । आफूहरुलाई इलाका प्रहरी कार्यालयमा तीन पटकसम्म प्रहरीले पक्राउ गरि लगेको अर्की पिडित कविता परियारले बताईन ।

बषौंअघि सरकारले बाढी पिडितका नाममा जग्गा दिएपनि भूमाफियाहरुले जग्गा अतिक्रमण गरेर आर्थिक लाभ लिन खोजेको स्थानिय सुकुम्बासी नेता राजु बराहले बताए । नदी छेउमा उत्खनन गर्ने र भूमिहिन सुकुम्बासी बसेको क्षेत्रमा गएर डोजर लागाउने धम्की दिदै आएका व्यक्तिलाई कारवाही गर्न उनले माग गरेका छन् ।

स्थानिय प्रहरीले पनि कुरै नबुझि सुकुम्बासीहरुलाई पटकपटक पक्राउ गरेर यातना दिएको उनले बताए । पत्रकार सम्मेलनमा नेपाल घरबहाल महासंघका अध्यक्ष शंकर कोईराला, भुमिहिन सुकुम्बासी संगठन नेपालका अध्यक्ष खड्ग बहादुर पौडेल, भुमिहिन सुकुम्बासी संगठन रुपन्देहीका नेताहरु रामप्रसाद शर्मा लगाएतका बक्ताहरुले सुकुम्बासीहरु माथिको दमन तत्काल बन्द गरि किर्ते गरि लालपर्ुजा बनाउनेहरुलाई कारबाही गर्न माग गरेका छन ।