जिल्ला स्तरीय शिक्षक कर्मचारी फुटसलमा आज इनभाइरोमेन्ट र पर्ल विजयी

January 5, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

रुपन्देहीको तिलोत्तमामा आजदेखि जिल्लास्तरीय शिक्षक कर्मचारी फुटसल प्रतियोगिता सुरु भएको छ ।

स्मृति स्पोर्टस् क्लब तिलोत्तमाको आयोजना शुक्रवार देखि सुरु भएको फुटसल प्रतियोगितामा रुपन्देही जिल्लाका २० वटा विद्यालयका शिक्षक कर्मचारीहरुले भाग लिएका छन् ।

शुक्रवार दीप बोर्डिङ हाइ स्कुल र न्यू इन्भाइरोन्मेन्ट उच्चमावीका वीच भएको खेलमा न्यूइन्भाइन्मेन्ट विजयी भएको छ भने पर्ल इन्टरनेशनल एकाडमि र समिट स्कुलका वीचमा भएको दोस्रो खेलमा पल विजयी भएको छ ।

यसअघि खेलको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख टीकाराम अर्यालले विद्यालयवीचको सम्वन्धका लागि खेलले पुलको काम गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै अखिल नेपाल बुटवल संघ एन्फा रुपन्देहीका अध्यक्ष दीर्घ वहादुर
केसीले स्मृति क्लवबाटै ग्रासरुट स्थापना गर्ने उद्घोष गर्नुभयो ।

क्लवका अध्यक्ष महेश खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्याप्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, क्लवका वरिष्ठ सल्लाहाकार तथा स्मृति स्कुलका अध्यक्ष उमाकान्त चापागाईं, संरक्षक विष्णु ढकाल, सल्लाहाकार तुल्सी प्रसाद सापकोटा, क्लवका सल्लाहाकार तथा स्मृति स्कुलका प्रिन्सिपल हरि ज्ञवाली, खेल संयोजक पर्वत वि.क.लगाएतले मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन क्लवका सचिव उद्धव देवकोटाले गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम हुने टीमले रु ३० हजार नगद र ट्र्रफी प्राप्त गर्ने छन् । यसै गरी द्वितीय हुनेले २० हजार नगद र ट्र्रफी र तृतीय हुनेले १० हजार नगद र ट्र्रफी प्राप्त गर्ने छन् ।

जिल्लाका विभिन्न विद्यालयका कार्यरत शिक्षक कर्मचारीबीच सद्भाव बर्ढाई सुमधुर सम्बन्ध बनाउने उद्धेश्यले आयोजना गरिएको सो प्रतियोगिताको प्रत्येक टीममा एक जना मात्र कर्मचारी र अन्य सबै शिक्षक हुनु पर्ने नियम राखिएको छ ।