विभानगरको चौथौ साधरणसभा सम्पन्न

January 6, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

बिरेन्द्र कुँवर ,बुटवल।

विभानगर सामुदायिक सस्था बुटवलको चौथो बाषिर्क साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले संस्था भित्र पानी प्रशोेधन प्लान्ट राख्ने योजना अघि सारेको छ ।

साधरणसभाले नमूना बस्तीको रुपमा विकास गर्दै रोजगारी सृजना गर्ने,सामुहिक भवन निमार्ण्र्ाार्ने, गाईपालन गर्ने लगायतका निर्णय गरेको छ । विभानगर बस्तीमा रहेका सय घरको शौचालयको सामूहिक सेफ्टी ट्यांकी रहेको छ । कार्यक्रममा नयाँगाउ खानेपानी उपभोक्त तथा सरसफाई समितिका अध्यक्ष डिल्ली प्रसाद शर्माले सस्थाले सामुहिक रुपमा गरेको कामले सकरात्मक सन्देश दिएको बताए ।

मिलन पार्क बिकास समितिका अध्यक्ष साबित्रा रेग्मि, धुव्रतारा बचत तथा ऋण सहकारी अध्यक्ष तुलसीराम शर्माले सामुहिक बस्तीले सामूहिक रुपमा घर निर्माणदेखि लिएर नमूना बस्तीको रुपमा विकास गरेकाले यसले सकरात्मक सन्देश दिएको बताए ।

कार्यक्रममा अध्यक्ष खुमानन्द भुसालको बाषिर्क प्रतिबेदन कोषाध्यक्ष दामोर भुसालको आर्थिक प्रतिवेदन र्सवसम्मतीले पारित गरेको छ । सस्थाका अध्यक्ष खुमान्नद भुसालको अध्यक्षता, सचिव मान बहादुर कुबरको स्वागत एंव उपाध्यक्ष गंगालाल सापकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो ।