शिक्षकलाई कामका आधारमा पुरस्कार र दण्डको व्यवस्थालाई सुदृढ बनाउनुपर्छ – मेलाम्ची नपाप्रमुख डम्बर अर्याल

January 6, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले शिक्षकलाई कामका आधारमा पुरस्कार र दण्डको व्यवस्थालाई सुदृढ बनाउनुपर्ने बताएका छन्।

आज मेलम्चीमा आयोजित नेपाल राष्टिय शिक्षक संगठन, नगर समिति मेलम्चीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले अब शिक्षक विज्ञापनको अनुमतिदेखि लिएर भौतिक, शैक्षिक, आर्थिक काम सबै नगरबाट हुने पनि बताएका छन् ।
नगर उपप्रमुख भगवती नेपालले एउटा नगर शिक्षा अधिकारीलाई तीन स्थानीय तहमा जिम्मेवारी दिइएकाले प्रभावकारी काम गर्न कठिनाइ भएको बताएका छन् ।

कार्यक्रम सफलताका लागि नेपाल शिक्षक महासंघ जिल्ला संयोजक राधाकृष्ण श्रेष्ठ, एमाले क्षेत्रीय अध्यक्ष मित्रलाल चौलागाईं, नगर कार्यपालिका सामाजिक शाखाका ज्ञानेन्द्र श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका छन् ।
अधिवेसनले लेखनाथ भट्टर्राईको अध्यक्षतामा कार्यसमिति चुनेको छ ।

समितिमा महिला उपाध्यक्ष गंगा धिताल, उपाध्यक्ष नेत्रबहादुर तामां, सचिव दीपलाल सिग्देल, कोषाध्यक्ष दिलीपसिंह जीसी चुनेको छ ।

त्यसै गरी संगठनको हेलम्बु गाउँपालिका कमिटी अध्यक्षमा यम जोती र बलेफी गाउँपालिका कमिटी अध्यक्षमा राजकुमार ढुंगाना निर्वाचित भएका छन् ।