प्रदेश ३ को राजधानी माग्दै बनेपामा प्रदर्शन

January 6, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउन माग गर्दै काभ्रेमा प्रदर्शन भएको छ ।

सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा काभ्रेमा दबाबमुलक कार्यक्रम सुरु भएको हो ।

प्रदेश राजधानीको माग गर्दै उद्योग वाणिज्य संघको अगुवाइमा शनिबार प्रदर्शन भएको छ ।बनेपा बजारमा भएको प्रदर्शनमा प्रतिनिधिसभा तथा प्रदेशसभा संसद, जनप्रतिनिधिको पनि उपस्थिति थियो ।