कपिलवस्तुलाई प्रदेश नम्बर को राजधानी बनाउनु पर्ने माग, प्रदेशको नाम बुद्ध प्रदेश हुनु पर्ने

January 6, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलवस्तु ।

कपिलवस्तुलाई प्रदेश नम्बर ५ को राजधानी बनाउनु पर्ने र प्रदेशको नाम बुद्ध प्रदेश राख्नु पर्ने कपिलवस्तुको तौलिहवामा आयोजित अन्तरक्रियामा माग गरिएको छ ।

पाँच नम्बर प्रदेशको नामकरण “बुद्ध प्रदेश” राजधानी कपिलबस्तुको कायम गर्न संर्घष्ा सर्न्दर्भमा शनिबार आयोजित अर्न्तक्रियामा सहभागी जिल्लाका जनप्रतिनिधीहरुले प्रदेश राजधानी “कपिलबस्तु” कायम गर्ने सवाललाई राष्ट्रिय मुद्दाका रुपमा दवावसहित लैजाने बताएका छन् । कपिलबस्तु युवा संर्घष समितीले आयोजना गरेको कार्यक्रममा प्रतिनिधी सभा सदस्य क्षेत्र नम्बर १ का सांसद चक्रपाणी खनाल बलदेवले भौतिक पुर्वाधार भएर राजधानीका लागी उपयुक्त हुन्छ भन्नु दुस्प्रचार रहेको बताए । ध्यानाकर्षणको बिधी अपनाएर अनुशासित तवरले दवावमुलक गतिबिधी गरिनुपर्नेमा उनले जोड दिए ।

प्रदेशको नामाकरण र राजधानी प्रदेश सरकारको दुइतिहाई बहुमतले निर्णय गर्ने भएकाले सरकारले अस्थायी मुकाम तोकेर साम्प्रदायिकतामा आ“च आउने काम गरेको बलदेवको भनाइ छ । बिरोधको शैली अपनाउनु भन्दा र्सवसहमतका आधारमा राजधानी तोकिनुपर्नेमा सांसद बलदेवको जोड थियो । उनले भने,- “२६ सय बर्षअगाडिको बुद्धको राजधानी भएकाले आधारसहित कपिलबस्तुलाई राजधानी तोकिनु पर्छ, पुर्वाधार नभएर राजधानी बन्ने भन्ने कुरा वाहियात बिषय हो ।”सरकारलाई प्रदेश राजधानीका संचालन सहजताका लागी कस्तो पुर्वाधार चाहिएको हो, त्यो कपिलबस्तुबासीले १ महिना भित्र तयार पार्छन, सांसद बृजेश कुमार गुप्ताले बताए । इतिहास साक्षी रहेकोले जिल्लामा राजधानी तोक्न किन आनाकानी उनले प्रश्न गरे । गुप्ताले जिल्लाबासीहरुलाई संर्घषका लागी तयारी अवस्था रहन आग्रह समेत गरे ।

जनताको आदेश जे आउछ, त्यो हामीले गछौं, सांसद गुप्तले भने । भगवान गौतम बुद्धका पिता राजा शुद्धोधनको राजधानी कपिलबस्तु देशको पहिचान रहेकोले बुद्धको राजधानी बन्न सक्षम कपिलबस्तु, प्रदेशको राजधानीका रुपमा किन असक्षम – भनि अधिकांश बिधायकले प्रश्न गरे । उनीहरुल राजधानी तोक्न हिंसा भने नगर्ने बताए । प्रदेश सभा सदस्य धर्म बहादुरलाल श्रीवास्तव, दीर्घ नारायण पाण्डे, अर्जुन केसी, सहसराम यादव लगायत जिल्लाका अधिकांश नगरपालिका र गाउपालिकाका प्रमुख/उपप्रमुखहरुको उपस्थिती रहेको थियो ।