जेष्ठ नागरिकहरुलाई कम्बल बितरण

January 22, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

प्रतिकूल मौषमका कारण तर्राईमा बढेको शीतलहरको प्रकोप बाट बचाउन जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गरिएको छ ।

नेपाल परिवारदल रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ७ बनहवा स्थित ४० जना जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गरिएको जिल्ला अध्यक्ष चन्द्रसेन यादवले जानकारी गराएका छन ।

यसै गरि लुसाँनपा वडा नं. ५ र ६ स्थित ८० जना जेष्ठ नागरिकहरुलाई वडा अध्यक्ष द्वय नैमुल्लाह मुसलमान र खर्सेद अहमद मुसलमान हस्ते जनही एक वटा कम्बल एक समारोहका बीच प्रदान गरिएको वडाकार्यालय सचिव महा शर्मा अधिकारीले बताए ।

यस अघि लुसाँनपाका वडा नं. १, ३, ४ स्थित जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गरिएको कार्यकारी अधिकृत मोहनपौडेलले जानकारी गराए ।

यद्यपि कम्बल खरीदका लागि बजेट बिनियोजन बारे वडा कार्यालयहरुले हाल सम्म र्सार्बजनिक नगरेको समाचार छ ।