नेपाली कांग्रेसद्धारा बुटवल प्रदेश राजधानी बनेकोमा खुशी व्यक्त

January 23, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

नेपाली कांग्रेस बुटवल उप-महानगरपालिका वडा नं ८ ले प्रदेश राजधानी बुटवल बनाउनका लागि पहल गर्ने सबैमा हार्दिक आभार व्यक्त गरेको छ ।

वडा सभापती नर वहादुर रजालीको अध्यक्षतमा बसेको वैठकले प्रदेश राजधानी बनाउनका लागि विशेष भुमिका खेल्ने नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पुर्व मन्त्री वालकृष्ण खांण, नेताहरु भरत शाह, हरि नेपालका साथै रुपन्देही र आसपासका जिल्लाका पार्टि नेतृत्वप्रति हार्दिक वधाई दिने निर्णय गरेको छ ।

त्यसैगरि नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले सफलता पुर्वक प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका साथै स्थानिय तहको निर्वाचन सम्पन्न गराएको आभार प्रकट गरिएको छ । त्यसैगरि ऐतिहासिक मतदानमा सहभागि हुने मतदाता,नेपाली कांग्रेसका कार्यकर्ताहरु सबैमा आभार व्यक्त गरिएको वैठक पनि जारी विज्ञक्तीमा उल्लेख गरिएको छ ।

यसैविच वडा न १३ रुपन्देहीले प्रदेश नं ५ को अस्थायी मुकाम बुटवलमा कायम गर्न पहल गर्ने कांग्रेसका नेताहरुलाई आभार प्रकट गदैं धन्यवाद ज्ञापन गरेको छ । समितिले बेलवासमा एक कार्यक्रमको आयोजना गरि नेताहरुप्रति आभार प्रकट गरेको हो ।

समितिले प्रदेशको स्थायी राजधानी बुटवललाई नैं कायम गर्न कांग्रेस नेताहरुको पहलका लागि अनुरोध पनि गरेको छ । बुथ सभापति पुरुषोत्तम वस्यालको अध्यक्षता भएको वैठकले पुर्व रक्षामन्त्री बालकृष्ण खांण,केन्द्रीय सदस्य चन्द्र भण्डारी, पार्टी रुपन्देहीका सभापति अब्दुल रुज्जाक,बुटवल उपमहानगर समिति सभापति खेलराज पाण्डे लगायतका नेताहरुलाई आभार प्रकट गदैं धन्यवाद दिने निर्णय गरेको वैठक पति जारी विज्ञक्तीमा उल्लेख गरिएको छ ।