मेलामा ३ लाख दर्शक भित्रिए

January 22, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

मणिग्राममा जारी तिलोत्तमा व्यापार मेलामा अहिले सम्म २ लाख ९० हजार दर्शकले अवलोकन गरेका छन ।

१३ दिनको अवधीमा सो संख्यामा दर्शक भित्रिएको मेला आयोजक मुल समितिका संयोजक झबिन्द्र कंडेलले बताए । उनले यस अबधीमा करिब १७ करोड ३५ लाख बराबरको आर्थिक कारोबार भएको जानकारी दिए । “मेला हामीले सोचे भन्दा सफल भएको महसुस गरेका छौं, लक्ष्यभन्दा बढि दर्शकले अवलोकन गरी हौसला थपिदिनुभएको छ ।

‘ उनले मेलामा अन्तिम दिन पनि दर्शक सहभागिता राम्रो रहने विश्वास गर्दै लक्ष्यभन्दा बढि उपलब्धी हासिल हुने निश्चित भएको उल्लेख गरे । गत पुस २६ गतेबाट शुरु भएको मेला मंगलबार सकिदैछ । मेलाको समापन कार्यक्रम पर्ूव अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बिष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यमा हुने प्रचार प्रसार समितिका संयोजक हरि प्रसाद उपाध्यायले जानकारी दिए ।