सवारी दुर्घटनामा युवकको मृत्यु

January 22, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

जोशमा होस गुमाई अनियन्त्रित ढंगबाट तीब्र गतिमा मोटरर्साईकल चलाउदा सवारी दुर्घटनामा परि रुपन्देहीमा एक युवकको मृत्यु भएको छ ।

जोशमा होस नपुरयाई तीब्र गतिमा मोटरर्साईकल चलाएको करण रोक्न नसक्दा ट्राली ट्रयाक्टरमा पछाडी बाट ठोक्किदा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ तेनुहवा निवासी १८ बर्षीया इन्जामुल मुसलमानको ज्यान गएको हो ।

लुम्बिनी बिकास कोष पेरिफेरि सडकखण्ड गेट नं. ७ स्थित लोखरिया चौक देखि पडरिया चौक तिर गईरहेको लु २ त १०२६ नं. को ट्रयाक्टरलाई सोही दिशा बाट आउदै गरेको लु.५ प १९४१ नम्बर को मोटरर्साईकल मार्फ मुसलमानले उछिन्न खोज्दा तीब्र गतिका कारण मोडन नसक्दा ट्रलीको पछाडी भागमा ठोकिन पुग्दा दुर्घटना भएको र इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

सोमवार बिहान साढे १० बजे भएको दुर्घटना पछि स्थानीयले गम्भीर र्घाईते मुसलमानलाई उपचार्रार्थ भैरहवा मेडिकल कालेज लैजाने क्रममा बाटोमा मृत्यु भएको इप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावतक्षेत्रीले बताए ।

चालक सहित ट्रलीट्रयाक्टर लाई प्रहरी नियन्त्रणमा राखी मृतकलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम गर्राई आवश्यक अनुसन्धान कार्य अघि बर्ढाईएको प्रनि रावतक्षेत्रीले जानकारी गराए ।

मोटरर्साईकल चालक मुसलमानले तीब्रगतिमा असावधानी पूर्बक मोटरर्साईकल चलाउदा ब्रेक हान्न नसक्दा सीधै ट्रलीमा ठोक्दिा दुघटना भएको लुम्बिनी ट्राफिक प्रहरी पोष्टका प्रहरी हवलदार प्रकाश के.सी. को दाबी छ ।