कुवेताद्वारा कानुन उल्लघंन गरेर बसेकाका लाई जरिबाना बिना फर्कने सक्ने अबसर प्रदान

January 30, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

नेपाली राजदूताबास, कुवेतले ३०-जनवरी-२०१८ मा एक आममाफी सम्बन्धमा थप सूचना जारी गर्दै कुवेत सरकारले २३-जनवरी-२०१८ मा जारी गरेको सूचना अनुसार आबासीय कानून उल्लघंन गरी बिना भिसा गैर कानूनी रुपमा कुबेतमा बस्दै आएका नेपालीहरुलाई जरिवाना नतिरी नेपाल फर्कन सक्ने सुबिधा अबसर प्रदान गरेको जनाएको छ।

दूताबासले सूचना जारी गर्दै कुवेत सरकारले दिएको यो मौकाको सबैलाई सदुपयोग गरी जरिवाना र कुबेती सरकारको कारबाही बाट बच्न आग्रह गरेको छ । भिसाको म्याद समाप्त भएका तथा स्पोन्सर/कम्पनीले भागेको उजुरी गरेका कम्पनती तथा घरमा काम गर्ने नेपाली कामदारहरुसंग सक्कल राहदानी भएमा सो सक्कल राहदानी वा राहदानी सिभिल आइडी कार्ड मध्ये कुनै एकको फोटोकपी र दूताबासबाट जारी गरिएको यात्रा अनुमती पत्र लिई कुबेतको ६ वटा गभर्नोरिटहरुमा रहेको आफूलाई पाएक पर्ने नजिकको आवाजात कार्यालयमा गएर कागजात पेश गरी स्बदेश फर्किने अनुमति लागी यूनिफाइड नम्बर लिएर २९-जनवरी-२०१८ देखी २२-फेब्रुअरी-२०१८ सम्म नेपाल फर्किसक्नु पर्ने जनाको छ ।

दूताबासको सूचनामा लेखेको छ यसरी फर्कन चाहने नेपालीले बैंक एबम् बित्तीय संस्थाबाट ऋण लिएर वा मोबाइल फोन लगायतका सामाग्रीहरु किस्ताबन्दीमा लिएबापत् सम्बन्धित कम्पनीमा तिर्नु पर्ने रकम नतिरेको कारण यात्रा निषेध आदेश जारी भएकाहरुले भने यस अबधि भित्र बाँकी बक्यौता रकम तिरेर मात्र आबस्यक प्रकृया पुरा गरे पछि नेपाल फर्कन पाउने छन् ।

दूताबासले आफ्ना नागरिकलाई निःशुल्क परामर्श र आबस्यक सहयोग दिईरहेको जनाएको छ ।