सामूहिक सहकारीद्वारा मुटु सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

January 30, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र रोटरी क्लब अफ तिनाउ बुटवलको ओजनामा मंगलबार शंकरनगरमा १ दिने मुटुरोग, मृगौला रोग सम्बन्धी निशुल्क परीक्षण शिविर सम्पन्न भएको छ । सहकारीको २४ औं स्स्थापना स्थापना दिवसतथा रजत वर्षप्रवेशका अवसरमा भएको शिविरमा ८ सय ७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

गौतम वुद्घ सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ५४७ जनाको इसिजी, ३७५ जनाको इको र २१ जनाको पिएफटी गरिएको रोटरी क्लव अफ तिनाउ बुटवलकी अध्यक्ष देवी वाग्लेले जानकारी दिनुभयो । यसअघि सहकारीका अध्यक्ष चुडामणि खरेलको अध्यक्षता तथा प्रदेश सांसद लिला गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अनुरुप शिविर सञ्चालन गरेको जानकारी गराइएको थियो । शिविर उदघाटन कार्यक्रममा प्रमुख अतिथी लिला गिरीले स्वास्थ्य र शिक्षाको दायित्व राज्यको भएको बताउँदै सहकारीले गरेको कामको प्रशंसा गर्नुभयो ।

सो अवसरमा संस्थाका उपाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ, गौतमबुद्ध मुटु अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतम, अस्पतालका अध्यक्ष एजाज आलमलगायतले मन्तव्य राख्नुभएको थियो । शिविरमा मुटु र मृगौला रोगका अतिरिक्त छाती, दम तथा अन्य रोगहरुको समेत परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको संस्थाका व्यवस्थापक इश्वरी मरासिनीले जानकारी दिनुभयो ।