बुद्ध एयर ले नेपालगंज नयाँ दिल्ली उडान शुरु गर्ने तयारी

June 5, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

नेपालको बिश्वाशिलो निजि बिमानशेवा बुद्ध एयरले नेपालगंज बाट दैनिक ३ उडान भारतको नयाँ दिल्ली सम्म को लागी स्वीकृती र आबस्यक प्रकृया मिलाइदिन नेपाल नागरिक उ्ड्ययन प्रधिकरण संग अनुरोध गरेको छ ।

दुई देशको उ्ड्ययन प्राधिकरण बाट स्वीकृत पाए पछि बुद्धएयर ले नेपालगंज बाट बिहान,दिवा र राती गरी ३ उडान गर्ने र दैनिक २०० यात्रुलाई शेवा दिने छ ।

राजधानी बाहिरको बिमानस्थलबाट अन्तराष्ट्रिय उडान भर्न लागेको बुद्ध एयरका निम्ति अब उड्ययन प्राधिकरणले नेपालगंजको बिमानस्थलालाई अन्तराष्ट्रिय स्तरको बिमानस्थलको रुपमा परिणत गर्नु पर्ने छ । सुरक्षा ब्यबस्था र स्तरोन्तर गरे पछि मात्र बुद्धएयरलाई नेपालगंज बाट भारतको नयाँदिल्ली सम्म को उ्डान शेवा दिने छ ।

नेपालको आन्तरिक उडान शेवामा सर्बाधिक बिश्वास गरिएको र सबै भन्दा धेरै बिमान संख्याबाट शेवा दिइ रहेको बुद्ध एयरको यो उपत्यका बाहिरबाट शुुरु गर्ने लागेको अन्तराष्ट्रिय उडान शेवाले नेपालगंज को बिकासमा टेवा पुग्ने छ । नेपालगंज हुदै मानसरोबर दर्शन गर्ने जाँने भारतिय नागरिक र पर्यटकलाई यो उडान शेवा ले प्रत्यक्ष शेवा पुग्ने छ ।