काठमाण्डौ बाट पोखरा उडेको यति एयरको बिमान धावन मार्गबाट चिप्लियो

June 17, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

आज काठमाण्डौको बिमानस्थलबाट यात्रु लिएर उडेको यति एयरको एएचयु ६८१ कल साइनको बिमान करिब अबतरण पछि धावनमार्ग बाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ ।

बिमानमा सवार यात्रुको अनुसार बिमान काठमाण्डौ बाट उडेपछि निर्धारित समयमा पोखरा बिमानस्थल माथी पुगे पनि १०-१५ मिनेट आकासमै घुमाएर अबतरण गराएको थियो ।

बिमान पोखरा बिमानस्थलमा अबतरण गरी पार्किंग वे तिर जानै लाग्दा हाइड्रोलिकमा समस्या आएर घाँसे मैदान तिर पुगेर रोकिएको यात्रुले पठाएको फोटोमा समेत देख्न सकिन्छ ।

धावन मार्ग छोडी घाँसे मैदान तर्फ बिमान पुग्दा बिमान भित्र भएका यात्रुहरु डराएका थिए भने बिमान रोकिना साथ यात्रुहरुलाई बिमानबाट ओरालिएको थियो । बिमानका यात्रु शुरेश भट्टराईका अनुसार बिमान घाँसे मैदानमा पुग्ने बित्तिकै नेपाली सेना उद्दारको निम्ति आइ पुगेको थियो ।