मञ्जुश्री र चोभारको ऐतिहासिक धार्मिक पहिचान जोगाउन धार्मिक महोत्सबको आयोजना गरिने

July 19, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

काठमाडौं दहको रूपमा रहेको काठमाडौं उपत्यकाको पानी बगाउन चोभारको डाँडा काट्ने मञ्जुश्री र चोभारको ऐतिहासिक धार्मिक पहिचान जगाउने उद्देश्यले चोभार मञ्जुश्री धार्मिक सांस्कृतिक महोत्सव २०७५ को आयोजना हुने भएको छ । साउन १३ देखि २१ गतेसम्म महोत्सवको आयोजना हुने आयोजक समितिले जनाएको छ ।

महोत्सव अन्तर्गत साउन १३ गते बिहान १० बजे शोभा कलशयात्रा, १ बजे उद्घाटन कार्यक्रम रहेको छ । साउन १४ गतेदेखि साउन २० गतेसम्म ५ बजे देखि ६ बजेसम्म योग शिविर, ६ः३० बजे देखि ८ बजे सम्म मण्डप पुजा सञ्चालन, ८ः३० बजे देखि १०ः३० बजेसम्म भावगत पाठपरायण सञ्चालन, बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म संगीतमय कथावाचन, साँझ ४ बजेदेखि ५ बजेसम्म अतिथि सम्मान कार्यक्रम, साँझ ५ बजेबाट आरति पुष्पाञ्जली प्रसाद वितरण कार्यक्रम र साँझ ७ बजे दवलीली झाँकी, भजन, महात्म्य कथा प्रवचन कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यसैगरी साउन २० गते साँझ लाखबत्ती, द्विप प्रज्ज्वलन कार्यक्रम र साउन २१ गते विशेष पुजा, चौरासी पुजा गरी महोत्सव पूर्णाहुति कार्यक्रम रहेको जनाइएको छ ।

महोत्सवका प्रमुख कथा वाचक युवा सन्त श्री बाल योगेश्वर महाराज र श्री बासुदेव घिमिरे सहयोगी कथा वाचक रहेको धार्मिक महोत्सव मूल आयोजक समिति तथा जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर महर्जनले जानकारी दिएका छन् ।