महिला हिंशाविरुद्ध मी–टू म्याराथन

October 6, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

बढ्दो महिला हिंशा तथा यौन दुव्र्यवहारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित शनिबार राजधानीमा जनचेतनामूलक म्याराथनको आयोजना गरियो । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) द्वारा आयोजित सो म्याराथनमा नेपालका विभिन्न कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरूका अलावा नेपालमै ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमअन्तर्गत अध्ययनरत अष्ट्रेलिया, स्वीटजरल्यान्ड, डेनमार्क र भियतनामका विद्यार्थीहरूको समेत सहभागिता थियो ।

चार किलोमिटर लामो सो दौडमा पुरुषतर्फ लियो क्लबका प्रवीण श्रेष्ठ प्रथम, एफके नर्वे/गेट कलेजका भीमबहादुर गुरुङ द्वितीय तथा गेट कलेजकै प्रतीकरत्न तुलाधार तृतीय भए ।
यसैगरी, महिलातर्फ निम्स कलेजकी सुष्मीता बराल र गीता भन्डारी प्रथम र द्वितीय भए भने स्वीस नेपाल स्टुडेन्ज एक्सचेन्ज प्रोगाम/गेट कलेजकी बुसर अन्जा तृतीय भइन ।
प्रतियोगिताका विजेताहरूलाई गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

महिला तथा बालबालिकाहरूले आफूविरुद्ध हुने कुनै पनि हिंशा वा दुव्र्यवहारका घटानाविरुद्ध तत्कालै आवाज उठाउन सकुन् भन्ने मूल उद्देश्यसहित म्याराथुन आयोजना गरिएको आयोजक गेट कलेजका प्रमुख कार्यकारी अधिकृत लकाईले बताउनु भयो ।

“सामाजिक रूपमा छोरीहरूलाई सशक्तीकरण गर्नमात्र होइन, उनीहरूलाई आफूविरुद्ध हुने हिंशा र दुव्र्यवहारविरूद्ध सशक्त रूपमा प्रतिरोध गर्न पनि सक्षम तुल्याइनु पर्छ,” लकाईंले भन्नुभयो ।

प्रतियोगितामा १५० भन्दा बढीको सहभागिता रहेको थियो ।