जिल्लामै पहिलो पटक ‘एप सिस्टम’ मा सहकारी

October 7, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

देवराज सुबेदी, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा नमूना सहकारीको रुपमा नाम कमाएको शुभप्रभात बचत तथा ऋण सहकारीले ‘एप सिस्टम’ बाट सेवा दिन थालेको छ ।

जिल्लाभरका सहकारीमै पहिलो पटक बाह्रबिसे नगरपालिका वडा ९ मा रहेको शुभप्रभात सहकारीले आफ्नो ‘एप ’सञ्चालनमा ल्याएको हो ।

मोबाइल बैकिङ, बिल भुक्तानी, रिचार्ज, एकाउन्ट सिस्टमदेखि दर्जनौं सुबिधा ‘एप’ बाट दिइरहेको शुभप्रभात सहकारीका नवर्निवाचित अध्यक्ष उद्धवबहादुर तिवारीले बताउनुभयो ।

चार हजारभन्दा बढी शेयर सदस्य रहेको शुभप्रभातले विपन्न बालबालिका र वृद्धवृद्धालाई विभिन्न सहयोग गर्दै आइरहेको छ । ३० करोड पुँजी रहेको यो सहकारीको शुभप्रभात साकोस नामक ‘एप प्लेस्टोरमा डाउनलोड’ गर्न सकिनेछ ।