नगर सुधार समिती सिन्धुपाल्चोक द्वारा चेतना मुलक र्याली सम्पन्न

October 5, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

नगर सुधार समिती सिन्धुपाल्चोक ले शुक्रबार चेतना मुलक र्याली गरेको छ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेको नगरपालीकाको बजार क्षेत्रमा देखीएको सडकका फोहोर हरु र बजारमा देखीएका घाउ बोकेर हिडेका कुकुर हरुका कारण दुर्गन्ध भइ रहेकोले यसलाइ समेत मध्यनजर राखेर सरसफाइका लागी शन्देस दिने खालका चेतनामुलक कार्यक्रम गरिएको हो ।

जिल्लामा रहेका हरेक गैर सरकारी संघ संस्थाहरुले सरसफाइका नाममा ठुलो धनराशी खर्च गरेको भएता पनी बजार सरसफाइमा ध्यान नदिएका कारण सरसफाइमा समस्या पर्न लागेको नगरबासीको भनाइ रहेका बेला समितीले यो अभियान चलाउँदा यो भनाइको पुस्टी भएको छ ।

बाहीरी जिल्लाका मानीसहरु सिन्धुपाल्चोकको सदरमुकाम आउँदा समेत बजारको अबस्थाहेरेर कस्तो अब्यबस्थित बजार भन्ने गरेका र बालबालीकाहरु एकलै बजारमा हिँडदा भुस्याहा कुकुर लखेटने टोकने गरेको मासुपसलअगाडी राखिउका मासुका हड्डीहरुका कारण र जता ततै घरायसी फोहोर भउका कारण नगरपालीकालाइ सरसफाइमा अग्रसर हुन दबाब दिनका यो र्याली गरिएको नगर सुधार समितीका सचिबालयका रामशरण गौतमले बताउँनु भयो । नगर सुधार समितीका अध्यक्ष नेत्र बहादुर बस्नेतको नेतृन्वमा नँया बसपार्क देखी भएको र्रयालीमा नगर सुधार समितीका पदाधिकारीहरु नेपाली सेना नेपाल प्रहरी लगाएत सर्बसाधरणको उपस्थिती रहेको थियो । र्यालीमा आआफनो घर आँगन आफै सफा राखौ , बजारमा जथाभाबी फोहोर नफालौ, नजीकिदै गरेको चाडबाडमा हुन सक्ने सम्भाबीत घटनाबाट सचेत रहौ मादक पदार्थ सेबन नगरौे जथाभाबी मादक पदार्थ सेबन गरेर होहल्ला समाजमा बिकृती ल्याउँने खालका कामहरु नगरौ गरेको देखेमा नजीकका प्रहरीलाइ खबर गरौ आदी जनचेतनामुलक सन्देश हरु दिदैं बजार परिक्रमण गरेको थियो ।

र्याली बजार हुँदै टुडीखेलमा गएर समापन भएको थियो । समापन गर्दै अध्यक्ष नेत्रबहादुर बस्नेतले नगरपालीकाबाट तत्काल फोहोरको ब्यबस्थापन गराउँनका लागी पनी यो कार्यक्रम गरिएको बताउँदै आआफ्नो घर आफै सफा राख्न अनुरोध गर्नु भयो । समापन पश्चात नगर सुधार समितीका मागका सम्बन्धमा नगरपालीकामा भएको छलफमा तत्काल बजार सरसफाइका लागी बिशेष योजना ल्याउँने बजारको बाटो छिटो पिच गर्न ठेकेदार कम्पनीहरुलाइ अनुरोध गर्ने बजारमा देखीएको मासुको हड्डीलाइ ब्यबस्थित गर्न मासुपसलेहरुलाइ बिशेष अनुरोध गर्ने आआफना घर वरी परी फोहोर मैलाको ब्यबीस्थत गर्ने बजार लगाएत सबै वडाहरुमा सरसफाइको अभियान चलाउँने तत्काल नगर प्रहरीको ब्यबस्था गर्ने सम्भब भए सम्म नगर भित्रका श्रमकिलाइ बिशेष प्रथमिकताका साथ नगर सुुधार समितीको सम्मन्वयमा रोजागारको ब्यबस्था मिलाइने लगाएतका बिषयहरुमा नगरपालीकाले कार्य अगाडी बढाएको प्रमुख प्रशाशकिय अधिकृत इन्द्र बस्यालले बताउँनु भयो । नगर प्रमुख अमानसिंह तामाङ्गले नगर सुधार समितीले गरेको यो अभियानको स्वागत गर्दै नगर हाम्रो हो सबै नगरबासीिले आ–आफ्नो ठाउँबाट सरसफाइ लगाएत नगरको कार्यक्रमलाइ सफल पार्न पर्छ भन्नु हुँदै नगरपालीकालाइ समय समयमा सुझाब र नगरको कार्यलाइ सहयोग गर्न सबैलाइ अनुरोध गर्नु भयो उँहाले नगर पालीका र नगर सुधार समिती एक आपसमा दाजुभाइको नाता भएकोले सबै मिलेर नगरको बिकाशमा अगाडी बढ्न पर्ने बताउँनु भयो ।