कालिगन्डकीको आठौँ वार्षिक साधारण सभा सम्पन्न

October 6, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

कालिगन्डकीको वचत तथा ऋण सहकारी संस्था तिलोत्तमा ३ को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारीको साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले सहकारीको माध्यमबाट नै आर्थिक उन्नति हुन सक्ने बताउनुभयो । उहाँले तिलोत्तमा नगरपालिका भित्र रहेका संघ संस्थाहरु संग सहकार्य गरी तिलोत्तमाको उन्नतिका लागि नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले सहकारीको सवल नेतृत्वबाट आफू प्रभावित भएको भन्दै शेयर सदस्यको रुपमा कालिगन्डकीमा बचतको सुरुवात गर्ने समेत उद्घोष गर्नुभयो ।

त्यस्तै सहकारीका सल्लाहाकार तुल्सी प्रसाद सापकोटाले सहकारीलाई बहुमुखी सहकारीका रुपमा स्थर उन्नती गर्ने लक्ष्यका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीका अध्यक्ष यज्ञ प्रसाद सापकोटाको अध्यक्षतामा भएको साधारण सभामा सल्लाहाकार बाबुराम अधिकारी, सेयर सदस्य गिता देवी न्यौपाने, लोकनाथ भूषाललगाएतले बोल्नुभएको थियो ।

साधारण सभाकै अवसरमा एसइइमा उत्कृष्ठ उने शेयर सदस्यका छोरा छोरी, धेरै सयर सदस्य बनाउने सदस्य, रत्तदान गर्ने व्यत्तिहरु तथा पत्रकार समेत लाई सम्मान गरिएको थियो ।

साधारण सभाले अध्यक्ष सापकोटाको अध्यक्षीय प्रतिवेदन, कोषध्यक्ष टंक तिवारीको आर्थिक प्रतिवेदन तथा लेखा संयोजक दिपक लामिछानेको लेखा प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।