अागामी असोज २३ देखी प्रथम नौलिन जेआईटी जुनियर टेनिश प्रतियोगीता शुरु

October 7, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, नेपालीको रेडियो ।

नेपाल टेनिस संघको सहकार्य, जुनियर टेनिस इनिसिएटिभ(जेटिआई)को संयोजनमा, प्रथम नौलिन जेआईटी जुनियर टेनिस च्याम्पियनशीप २०१८ आयोजना गरिन लागिएको छ । अथर्भ कलेज बाँसबारी, काठमाण्डौ मा आयोजना गरिएको पत्रकार सम्मेलनमा सबैका लागि टेनिस (टेनिस फर एभ्रिवान) नाराका साथ स्थापना भएको नौलिन स्पोट्र्स भिल्लाले आगामी असोज २३ देखि २७ गते सम्म पाँच दिन खेल काठमाण्डौमा खेलाईने नौलिन का संस्थापक एबमं प्रबन्ध निर्देशक किशोर थापाले नेपालीको रेडियोलाई बताएका छन् ।

प्रतियोगिताका खेलहरु जित्ने प्रत्येक खेलाडीले निश्चित अंक प्राप्त गर्ने छन् । टेनिस संघको वार्षिक क्यालेन्डरमा यस प्रतियोगितालाई समावेश गरिएको थापाले बताएका छन् ।

प्रतियोगिताका खेलहरु २०७५ असोज २३ देखि २७ गतेसम्म पाँच दिन सञ्चालन हुने छ । च्याम्पियनशीपमा पाँच उमेर समूहका ८३ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की(पोखरा)का खेलाडीहरुको सहभागिता छ । प्रतियोगितामा १४ वर्ष वा सो भन्दा कम उमेरका खेलाडीको सहभागिता रहने छ । ब्वाइ र गर्ल क्याटोगरीमा यु ८, यु ९, यु १०, यु १२ सिंगल र यु १४ को सिंगल तथा डबलका गरि १ सय ३६ वटा खेलहरु हुने छन् । खेलहरु बुढानीलकण्ठ ८ सुन्दरबस्तीस्थित नौलिन स्पोट्र्स भिल्लाका कोर्टहरुमा सञ्चालन हुने छ ।

पछिल्लो केही वर्ष देखि कम देखी वढी उमेर समूहका अन्तर्राष्टिय टेनिस प्रतियोगिताहरुमा सहभागी हुने नेपाली खेलाडीको संख्या निकै बढेले पनी नेपाली खेलाडीहरुको क्षमता बृद्धिका निम्ति आफूहरुले यस्तो प्रतियोगीता गरेको संस्थाद्वारा जारी प्रेश बिज्ञप्तिमा जनाइएको छ ।

साथै खेल पत्रकाहरु स्पोट्र्स भिल्लाले आफ्नो सबै सेवाहरुमा ५० प्रतिशत छुट दिन व्यवस्था गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनमा खेल आयोजक संस्थाको समर्थक र सहयात्री अथर्भ बिजनेस कलेजका अध्यक्ष/प्रबन्ध निर्देशक बिजय के.सी ले खेल र पढाई एबमं बिधार्थीहरुको मानशिक बिकासको निम्ति अथर्भ बिजनेश कलेका बिएचएम का बिधार्थीहरु ले यो खेल प्रतियोगीतामा सहकार्य गरेको बताएका छन् । खेलकुद संगै पारिबारिक आउटिंग र रिफ्रेसमेन्टका लागी अथर्भ बिजनेश कलेजका बिएचएम संकायका बिधार्थीहरुको सहभागीतामा फुडस्टल र मनोरञ्जनको ब्यबस्था गरेको केसीले नेपालीको रेेडियोलाई बताएका छन् ।