काठमाण्डौ बिश्वबिधालय ब्यबस्थापन संकायका बिधार्थी द्वारा -याली सम्पन्न

October 6, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

सदिक्षा पाण्डे, नेपालीको रेडियो ।

महिला हिंशा बिरुद्ध को -र्याली काठमाण्डौ बिश्वबिधालय स्कुल अफ म्यानेजमन्टका बिधार्थीहरुले काठमाण्डौमा सम्पन्न गरेका छन् । बलात्कार पछि हत्या गरिएको भनिएको निर्मला हत्या काण्डको बिरोधमा बिभिन्न बिधालय, बिश्वबिधालयका बिधार्थीहरुले एक स्वरमा दोषीलाई कारबाहीको माग गर्दै बिभिन्न कार्यक्रमहरुको आयोजना गरिदै आइएको छ ।

काठमाण्डौ बिश्वबिधालयका बिधार्थीहरुले बलात्कारीलाई कडा कारबाहीको माग गर्दै मोटर साइकल -याली को आयोजना आफ्नो बिश्वबिधालयको प्रांगण बालकुमारीबाट शुरु गरी शहरका बिभिन्न स्थान मध्ये मुख्य कोटेश्वर,तिनकुने,सिनामंगल,गौशाला,डिल्लिबजार,दरबारमार्ग,लैनचौर,त्रिपुरेश्वर,थापाथली हुदै पाटन दरबारस्क्वार मा आएर सम्पन्न गरेका थिए ।

-यालीमा सहभागी बिधार्थीहरुद्वारा हस्ताक्षर संकलन गरी सरकार समक्ष दोषीलाई कडा कारबाही गरिनुका साथै देशै भरी महिला हिंशाको क्रम बढ्दै गएको ले तत्काल रोक्न सुरक्षा ब्यबस्थामा कडाइ गर्नु का साथै दोषीलाई कानुनी कठघरामा उभ्याउन समेत जोडदार माग गरेकाछन् ।