एपीएफ टोेलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

November 25, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

काठमाडौ जिल्लाको चन्द्रगिरी नगरपालिका २ स्थित नागढुङ्गा चेकप्वाईन्टबाट मंसीर ८ गते एपीएफ टोलीले करीव ३ सय वटा नाईट्रोजन ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको भद्रपुर नगरपालिका ३ बस्ने ३५ वर्षिय नारद तामाङ, २१ वर्षिय सुजना राउट र १८ वर्षिय केबस लिम्बु छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा काठमाडौ नम्बर १८ गणबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

झापाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ प. २७०९ नम्बरको यात्रुवाहक बसमा सवार निजहरुलाई संका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिणामको लागूऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।