प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८७औं महासभामा सहभागी भई स्वदेश फिर्ता

November 24, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा युनाइटेड अरव इमिरेटसको दुवईमा मङ्सिर २ देखि ५ गतेसम्म संचालन भएको इन्टरपोलको ८७औं महासभामा सहभागी भई शनिबार स्वदेश फिर्ता भएका छन् ।

सोही महासभामा सहभागी भई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरोका निर्देशक प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशी समेत स्वदेश फिर्ता भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा कुरा गर्दै प्रहरी महानिरीक्षक खनालले इन्टरपोल महासभामा नेपाल प्रहरीको सहभागिता उपलव्धीपूर्ण रहेको र महासभाले अध्यक्षमा दक्षिण कोरियाका किम जोन-याङलाई आगामी २ वर्षका लागि तथा १३ मध्ये ६ जना कार्यकारी सदस्यहरू मनोनयन गरेको छ । जसमा अमेरिका क्षेत्रका लागि उपसभापति १ जना, एशिया क्षेत्रका लागि २ जना तथा अफ्रिका, अमेरिका र युरोप क्षेत्रका लागि १/१ जना प्रतिनिधि सदस्य चयन गरेको जानकारी गराएका छन् ।