देश भरी नै चिसो बढेको छ

November 26, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । यद्यपि अपराह्न भने तापक्रम केही बढी छ । महाशाखाले काठमाडौँको अधिकांश तापक्रम आइतबार २२ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ ।

केही दिनयता उपत्यकासहित देशभरको तापक्रम बढिरहेको महाशाखाले जनाएको छ ।

जुम्लाको न्यूनतम तापक्रम माइनस ० दशमलव १ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस पुगेकोछ । भैरहवाको तापक्रम ९डिग्री सेल्सियस मापन गरिएको छ भने दाङको न्यूनतम तापक्रम १० दशमलव १ डिग्री रसेल्सियस मापन गएिको छ ।

पोखराको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस छ । केही दिनको अवस्था हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २२ दशमलव ६ डिग्री छ । आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ० दशमलव १ डिग्री तथा सबैभन्दा बढी विराटनगरमा १३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियस छ ।

चिसो बढेसंगै जनजिवन प्रभावित भएको छ । न्याना कपडाहरुको विक्रि बढेको छ भने मौसमजन्य रोगका कारण विरामीहरुको संख्या पनि बढेको छ ।