सवारी दुर्घटनामा मृत्यु

November 26, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

काभ्रे र बर्दियामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

काभ्रे नबोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित बिपि राजमार्गमा को.२८ प १३१४ नम्बरको मोटरसाइकल बा.३ ख.२५४१ नम्बरको बससँग सोमबार बिहान ठक्कर खाँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोरङ सानोपोखरी-७ बस्ने ३९ वर्षीय पूर्णबहादुर मगरको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै,
बर्दिया मधुवन नगरपालिका-५ खैरापुर बेलुवा सडकमा भे. ५ प २९८४ नम्बरको मोटरसाइकलले सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ७२ वर्षीय पैदलयात्री ढाटु थारुको नर्सिंङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।