प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको अवलोकन

March 22, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिएका छन ।

शुक्रबार बिहान भैरहवा पुगेका प्रधानमन्त्री ओलीले सो विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिए ।

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहितले स्थलगत अवलोकन गरेका थिए । विमानस्थलको प्रगति विवरणबारे आयोजना प्रमुख प्रवेश अधिकारीले विवरण प्रस्तुत गर्दै हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको जानकारी गराए ।

शुक्रबार नै प्रधानमन्त्री ओलीले तिलोत्तमा नगरपालिका–१ स्थित निर्माणाधीन प्रदेशस्तरको मेडिकल कलेज र चौराहास्थित बुटवल – नारायणगढ सडक खण्डको ६ लेनको सडक विस्तारको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।