राप्रपा का पुराना कार्यकर्ता फेरी निरास

March 22, 2019   Filed under ब्लग / बिचार >>>> Please Subscribe our Youtube Channel

राप्रपा अध्यक्ष कमल थापाले पूर्व पश्चिम यात्रा सकेर आउने बित्तिकै आज केन्द्रिय समिती सदस्यहरुको चयन गरेका छन् । यस पटक नियुक्तहुनेहरुमा अधिकांश फुटेर बाहिरिएर पुन: फर्किएकाहरु रहेका छन् । देश भ्रमण अभियानमा निस्कनु अघि प्रभाबशाली नेता दिपक बोहरा सहितका नेता राप्रपा मा फर्किएका थिए । राप्रपा का कार्यकर्ता पनी नेता बोहरा संगै फर्किएका थिए । तर कमल थापालाई साथ दिदै आएका अनी राप्रपा मै रहेका लामो समय शेवा गरेका कार्यकर्ता भने यस पटक पनी थापाको रोजाईमा नपरे पछि निराश भएका छन् ।

छोटो समयमा नेताको चाकडी गरेर पदलुप्तहरुको पार्टीमा अनी उच्च नेता पंक्तिमा राम्रो पहुच भएका कारण चयनमा पर्ने गरेको लामो समय राप्रपा बिताएका नेताहरुको गुनासो रहेको छ । हुन पनी राप्रपामा पार्टी छोडेर अन्य जाने र आउनेहरुको नै बढी बर्चस्व रहेको देखिन्छ । पार्टीमा नब प्रबेसी पनी पार्टी फुट्दा अन्त गएर फर्कदा केन्द्रिय कार्य समिती सदस्य बन्ने र बनाए मात्र फर्कने सर्त अघि सार्न थाले को देख्न सकिन्छ ।

राप्रपाको मागले बिस्तार देशमा प्रभाब पार्न थालेको छ । जनताले पछिल्लो समय सनातन हिन्दूराष्ट्र का बारेमा साथै संघियता र राजतन्त्र को बारेमा बोल्न थालेका छन् र यदा कता प्रमुख प्रतिपक्षदलका प्रतिभाशाली नेताले समेत राप्रपा को मागको पक्षमा बोल्न थालेका छन् । देशभर मा प्रभाब बढ्दै जाँदा फुटेका समेत जुटेर एक हुनु पर्ने आवाज राप्रपाका सबै नेता कार्यकर्ताहरुको रहेको छ ।

पुरानालाई पाखा र नब आगान्तुकलाई दर्जा दिएर कार्यकर्ता तान्ने काममा मात्र समय खर्चिनु कदापी हुन्न दुबै राप्रपा ले । आफ्ना जायज मागहरुको प्राप्तीको लागी दुबै राप्रपा मिल्नु को बिकल्प छैन । सबै पार्टी भित्र र बाहिरका आस्थावान नागरिकहरुलाई समेत पार्टीमा समावेश गराएर अघि बढ्नु आजको आबस्यकता रहेको छ ।

आज नियुक्ती हुने केन्द्रिय सदस्यहरुमा नीलकण्ठ काफ्ले (नवलपरासी), प्रदीप उदय (रुपन्देही), सुरेन्द्र के.सी. (भक्तपुर),सरोज शर्मा (नवलपरासी), दीपककुमार राई (नुवाकोट), ताहिर अली (रुपन्देही), मीना स्वर्णकार (दाङ्ग), सलाउद्धिन जसगढ (बाँके), रमेश अर्याल (बाँके), दिलिपबहादुर बस्नेत (काठमाण्डौं), शोभा शाही (जाजरकोट), खेमराज गौतम (बाँके), ललिता मण्डल (सप्तरी), गंगाराम कलवार (रुपन्देही), युवराज घिमिरे (गुल्मी), श्याम लामा (धादिङ्ग),सुरज न्यौपाने (चितवन) र कौशल आचार्य (दाङ्ग) रहेका छन् ।

राप्रपाको आमन्त्रित केन्द्रीय सदस्य मनोनीत हुनेमा नगिना यादव (पर्सा), मधु रिसाल (नुवाकोट), राधेश्याम साह (रौतहट), सीता बस्याल (नवलपुर), पूर्णबहादुर विक (रुपन्देही), कोमल विक (दाङ्ग), नरेन्द्रप्रसाद फुयाँल (नुवाकोट), सीता खड्का थापा (कास्की), देवनन्दन गोइत (धनुषा), प्रवलशम्शेर जबरा (काठमाडौं), रामबहादुर श्रेष्ठ (नवलपुर), माया शाह (दाङ्ग), मेनुका खाण केसी (गुल्मी) र सम्झना अधिकारी (काठमाडौं) रहेको प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।