आफ्नै छोरालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

May 29, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

आफ्नै २२ महिनाको छोरा सम्बोधन थापालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा रामप्रसाद राई गाउँपालिका-८ बासिखोरा घर भई भोजपुर नगरपालिका-९ पानीट्याङ्की डेरा गरी बस्ने अन्दाजी २६ वर्षीया सम्झना थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सम्झना थापाले खुकुरी प्रहार गरी छोराको हत्या गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।