हत्या गरेको अभियोगमा पक्राउ

May 29, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

सल्यान र कास्कीमा हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सल्यान, छत्रेश्वरी गाउँपालिका-६ रानागाउ बस्ने २८ वर्षीया सपना भण्डारीलाई आफ्नै ७ महिनाको छोरीको हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट लान्तीबाट खटिएको प्रहरीले सपनालाई पक्राउ गरेको हो ।

कास्की, माछापुच्छ्रे गाउँपालिका-७ ओखरबोट धम्पुसमा बस्ने ६५ वर्षीय सन्ते बिकलाई हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनले सोही स्थान बस्ने ५२ वर्षीय गोरे बिक भन्ने मानकाजी बिकलाई ढुङगा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र अस्थायी प्रहरी पोष्ट भेडावारीबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।