अवैध लागूऔषध सहित पक्राउ

May 29, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

महानगरीय प्रहरी प्रभाग बलम्बुमा लागूऔषध मुद्दामा म्याद थप अनुसन्धानका लागि राखिएका थुनुवालाई भेट्न आएका २ जनालाई नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट र करिब ३ ग्राम कालो चरेस जस्तो देखिने पदार्थ सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा दमक नगरपालिका-१ घर भई हाल ललितपुर बालकुमारी बस्ने २२ वर्षीय धर्मेन्द्र लिम्बु र कालीकोट राजकोट नगरपालिका-६ घर भई हाल ललितपुर ईमाडोल बस्ने १९ वर्षीय सुजन बम ठकुरी रहेका छन् । थुनुवालाई भेट्न आएका उनीहरुलाई डिउटीमा खटिएको प्रहरीले जाँच गर्दा बोकेको झोलामा वाइवाइ चाउचाउको प्याकेट भित्र लुकाईछिपाई राखेको उक्त लागूऔषध फेला परेको हो ।

धनुषा, नगरईन नगरपालिका-२ स्थित जनकपुर उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय प्रसन्न पौडेल सहित २ जनालाई नियन्त्रित लागूऔषध नाईट्राभेट ९० ट्याब्लेट, Pyeevon spas plus नाम गरेको ट्याब्लेट २४ पिस र Exiplon २ बोतल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी लगमाजटहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।