जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ

May 29, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

वीरगंज महानगरपालिका-१० अशोकबाटिकाबाट जुवा खेलिरहेको अवस्थामा ५ जनालाई नगद ३४ हजार रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालीका-१० अशोकबाटिका बस्ने ५६ वर्षीय राजुबहादुर श्रेष्ठ र सोही महानगरपालिका बस्ने ४० वर्षीय किसान सर्राफ, ३७ वर्षीय हिरालाल प्रसाद गुप्ता, ४७ वर्षीय सत्य नारायण महतो र अशोकबाटिका डेरा गरी बस्ने ५३ वर्षीय राजाराम महतो रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।