रोटरी क्लब अफ बुटवल

May 28, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

नेपाल पुस्तक व्यवसायी महासंघका महासचिव दिवाकर घिमिरेले प्रकाशक, पुस्तक व्यवसायीलाई व्यवस्थित वनाउन पुस्तक सम्वन्धी निति आवश्यक भएको बताएका छन । पुस्तक निति नहुदा अस्वस्थ प्रतिस्पर्धा देखिएको बताउदै व्यवस्थित गर्न पनि पुस्तक निति आवश्यक भएको बताए ।

शनिवार बुटवलमा भएको रोटरी क्लब अफ बुटवलको १२५६ औ नियमित वैठकमा उनले कुनै पनि विद्यालयले कुनैपनि प्रकाशकको पुस्तक ल्याउनु भन्नु गलत भएको बताउदै त्यस प्रकारको कार्यलाई निरुत्साहीत गर्न महासंघ लागेको बताए । पुस्तकको मुल्य भन्दा एक रुपैया पनि वढि नतिर्न आग्रह गर्दे उनले विद्यालयको सिफारिसलाई पनि स्वीकार गर्नुपर्छ भन्ने नभएको बताए ।

प्रकाशकहरुको अस्वस्थ्य प्रतिस्पर्धाले उनिहरुलाई नै घाटा लागेको बताउदै पुस्तकको मुल्य वृद्धि नभए आधा भन्दा वढि प्रकाशनहरु वन्द हुने बताए । उनले भने– हामीले भन्नु भन्दा पनि उहाहरु आफै घाटामा हुनुहुन्छ । अहिले ८६ प्रकाशन गृह छन ।

कितावको मुल्य ५ वर्ष सम्म वृद्धि नभए आधा भन्दा वढि गृह वन्द हुने निश्चत छ ।’ पुस्तक प्रकाशन गृहहरुको संख्या वढेका कारण पनि बजारमा विकृतीहरु देखिएको उनको भनाई छ ।

रोटरी क्वल अफ बुटवलका अध्यक्ष डा नारायण प्रसाद पन्थको अध्यक्षतामा भएको कार्यक्रममा रोटरीयन खिमनारायण परजुलीले प्रमुख अतिथि मिघिरेको वायोडाटा प्रस्तुत गरेका थिए । कार्यक्रमा एजी कृष्ण प्रसाद अर्याल, पुर्व अध्यक्ष अजय श्रेष्ठ, रोटरीयन मणिरत्न पाण्डे, मेम्मवसिप चेयर खेम पुन, कोषाध्यक्ष यदुनाथ पाण्डे, रोटरीयन कृष्णा खनाल, सचिव दया भण्डारी लगायले वोलेका थिए ।