भक्तपुर मा कस्तुरी तिज धमाका भब्यताका साथ सप्पन्न

August 25, 2019   Filed under पेज३नेपाल अपडेट >>>> Please Subscribe our Youtube Channel

पेज३नेपाल सम्बाददाता |

भक्तपुर मा कस्तुरी तिज धमाका भब्यताका साथ सप्पन्न भएको छ ।
कस्तुरी फेसन एन्ड सलुन को आयोजना सप्पन्न तिज कार्यक्रम मा भक्तपुर का सयौं महिला दिदिबहिनी हरु को उपस्थिति रहेको थियो ।

चर्चित हास्य अभिनेत्री बसुन्धरा भुसाल को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रम मा भक्तपुर का ४ बिशेष महिला सहित चर्चित गायक आयुस के सि लाई संमान गरिएको थियो । चर्चित धावक कान्छि माया कोजु,बाजा क्विन इन्दिरा लाछिमस्यु,सामाजिक अभियन्ता तथा आत्म रक्ष प्रशिक्षक पद्मा खयरगोली,मिस भक्तपुर रोशिका देउजा सहित गायक आयुस के सि लाई भक्तपुर बाट प्रतिनिधित्व गरि रास्टृय तथा अन्तर्राष्ट्रिय पहिचान सहित योगदान गर्न सफ़ल भएको मा बिशेष संमान गरिएको थियो ।

संमान गर्दै प्रमुख अतिथि बसुन्धरा भुषाल ज्यु ले भक्तपुर सङ बिशेष पारिवारिक सम्बन्ध रहेको र महिला हरु ले परम्परागत सोच बाट माथी उठेर अधि बढनु पर्ने र यस्ता तिज कार्यक्रम ले महिला दिदिबहिनी हरुलाइ मनोरंजन को साथमा सशक्तीकरण पनि गर्ने भनाइ राख्दै सम्मानित ब्याक्तित्व लाई बधाई दिदै कार्यक्रम भब्य सफलता को कामना गर्नु भयो ।

कार्यक्रम लाई गायक तथा कार्यक्रम का संयोजक कपिल कसपाल ले संचालन गर्नु भएको थियो भने केहि चर्चित गीत प्रस्तुत गरेर माहोल लाई तताउनु भएको थियोे। क्रमशः गायक आयुस के सि,गायिका बर्षा सिलवाल,मिरा गोर्खाली,बुनु श्रेष्ठ ,गायक अनिल नवाङ सहित युवा र्यापर प्रबिन तामाङ वाइवा र रोजन बराइली को बिशेष प्रस्तुति रहेको थियोे ।

कार्यक्रम को सभापतित्व कस्तुरी फेसन एन्ड सलुन कि अध्यक्ष अनु गिरि ले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन सलुन का संचालक रबिन अवाल ले गर्नु भएको थियो ।

निकट भविस्य मा यस्ता विभिन्न कार्यक्रम हरु निरन्तर आयोजना गरिने र प्रतिभा को खोजी र संमान गरिने कार्यक्रम का संयोजक कपिल कसपाल ले बताउनु भयो।